साझा नेटवर्क
ओम प्रकाश बानियाँ, काठमाण्डौ जेठ १९ ।
प्याब्सन अन्तरमावि बक्तृत्वकला छ्नोट प्रतियोगितामा सिद्धार्थ मेमोरियल इङलिस स्कुलकि छात्रा अनुशा राजधामी प्रथम भएकी छिन् ।
उक्त प्रतियोगितामा सनसाइन इङलिस स्कुल, प्रकाशपुरका छात्र अरुण दाहाल दोस्रो, सुनसरी गार्डेन एकाडेमी चक्रघट्टीकि छात्रा समिक्षा पोख्रेल तेस्रो तथा स्काई इङलिस स्कुल नडाहाकि छात्रा उषा कार्की चौथो भएकि हुन् ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने बिद्यार्थीहरुले यहि जेठ २५ शुक्रबार प्याब्सन जिल्ला समिति सुनसरीको सभाहल इटहरीमा हुने जिल्ला स्तरीय बक्तृत्व कलामा छ्नोट भएका छन ।
प्याब्सन ग्रामीण क्षेत्र समन्वय समितिको सहयोग तथा डिभाइन लाइट एकेडेमी कालाबन्जरद्वारा आयोजित उक्त कार्यक्रममा प्याब्सन ग्रामीण क्षेत्र समन्वय समितिका अध्यक्ष मोहन भट्टराईको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका वाड न ४ का वडा अध्यक्ष आशाराम चौधरी बिशेष अतिथि रेहका थिए ।
त्यस्तै अतिथिहरुमा मुन बिम एकाडेमीका प्रधानाध्यापक देबेन्द्र बिस्ट, सिद्धार्थ मेमोरियल इङलिस स्कुलका प्रधानाध्यापक कृष्ण तामाङ, स्काई इङलिस स्कुलका प्रधानाध्यापक शरण कुमार लिम्बू लगायतका अतिथिको रूपमा रहेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend