साझा नेटवर्क
पाल्पा, जेठ १८।
पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा आज बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका छन् ।
प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु २ ख ९७५ नं को बस हुमिनमा दुर्घटना भएको हो ।
लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनको अध्ययन अवलोकन भ्रमणमा निस्केको सहकारी टोली चढेको बस सडकबाट करीब १५० मिटर तल खसेको प्रउ पन्तले जानकारी दिनुभयो । बसमा २७ जना सवार थिए ।
घाइतेमध्ये १० जनाको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend