logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीका उद्योग व्यवसायीद्धारा मुख्यमन्त्री पोखरेललाई ज्ञापन पत्र


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी जेठ १७ ।
गुल्मी उद्योग बाणिज्य संघको टोलीले ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । नेपाल सरकारको रणनैतिक सडक सालझण्डी–सन्धिखर्क–ढोरपाटन अन्तरगत पर्ने पटौटी–खज्र्याङ्ग–तम्घास सडकको काम २०७० सालबाट शुरु भएको छ । निर्माण कार्य शुरु भएको चार बर्षसम्म कामले गति नलिएपछि टोलीले मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएको छ । यो सडक आयोजना समयमै सम्पन्न भए गुल्मीसहित अर्घाखाँची, पाल्पा र प्युठानको आर्थिक विकास हुनेछ ।

गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले मुख्यमन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाउँदै सडकको अहिलेको अबस्थाको बारेमा जानकारी गराएका थिए । ज्ञापन पत्र बुझ्दै मन्त्री पोखरेलले यो ठुलो आयोजना भएकाले केन्द्रलेनै बजेटको व्यावस्था गर्ने र संबोधन नभएमा प्रदेश सरकारले व्यावस्था गर्ने बताए ।

‘यो सडक सवैको गौरव र महत्वको बिषय हो,’उनले भने,‘केन्द्र र प्रदेशको समन्वयमा सम्पन्न गर्नुपर्छ । ज्ञापन पत्रमा सडक समयमै सम्पन्न भए गुल्मीको तम्घासदेखि २२ किलोमिटर दुरी कम हुने, गुल्मीबाट ७४ किलोमिटरमा पुर्वपश्चिम राजमार्ग भेटिने, बर्षेनी सिद्धबाबा पहिरोबाट हुने मानवीय तथा भौतिक क्षेति कम हुने बताइएको छ ।

त्यस्तै दैनिक उपभोग्य सामानको मुल्य सस्तो हुने, लुम्बिनी आएका पर्यटकलाई सजिलै रेसुङ्गा हुँदै ढोरपाटन पुराउन सकिने, कृषीजन्य पदार्थ सजिलै तराई पुराउन सकिने र रेसुंगा एयरर्पोटको थप प्रर्वद्धन गर्न सकिने उल्लेख गरिएको छ । जिल्लाका उद्योग व्यावसायी सहित प्रदेश सांसद कमलराज श्रेष्ट, खडग केशी र दिनेश पन्थीको टोली मुख्यमन्त्रीकोमा पुगेको थियो ।

सालझण्डी–पटौटी खण्डको काम सन्तोषजनक भएन : टोली

गुल्मी उद्योग बाणिज्य संघ, जिल्ला समन्वय समिति, राजनैतिक दल र पत्रकार सहितको टोलीले सालझण्डी–पटौटी–खज्र्याङ्ग–तम्घास सडकको अवस्थाको बारेमा स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा पटौटी–खज्र्याङ्ग–तम्घासको पहिलो चरणको काम सन्तोषजन भएपनि सालझण्डी–पटौटीको सडकको काम सन्तोषजनक नरहेको जिल्ला समन्वय समितिका अध्यक्ष लक्ष्मण पराजुलीले बताए ।

त्यस्तै गुल्मी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष राजेन्द्र श्रेष्टले सालझण्डी–पटौटीको सडकको कामले गति लिए बैकल्पिक रुपमा साना ठुला गाडी संचालन गर्न सकिने बताए । उनले तीन जिल्लाको भाग्य र भविष्य जोडिएको सडकको काम समयमै पुरा हुनुपर्नेमा जोड दिए ।


प्रकाशित मिति : १७ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend