logo
  • आइतबार, असोज ११ २०८३

पत्रकार पोखरेल सम्मानित


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क, गुल्मी जेठ १५ ।
गुल्मीका क्रियाशिल पत्रकार हुमाकान्त पोखरेल सम्मानित भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिकाले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा उनलाई सम्मान गरिएको हो । गाउँपालिकाले ‘पत्रकारीता बर्ष पुरस्कार’ अन्तरगत नगद रु. १० हजार, सम्मान पत्र र दोसल्लासहित उनलाई सम्मान गरको हो । पत्रकारीताको माध्यमबाट गाउँपालिकाको प्रचार–प्रसार र विकासमा सहयोग गरको भन्दै सम्मान गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।

पुरस्कार प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले आगामी दिनमा थप सफलताको समेत शुभकामना ब्यक्त गरे ।

पत्रकार पोखरेल एबिसी टेलिभिजन, सामुदायिक रेडियो स्काई, साझा नेटवर्क डटकम लगायतका मिडियामा आवद्ध छन् । यसरी स्थानिय तहमा पत्रकारलाई सम्मान गरिएको गुल्मीमा पहिलो पटक हो ।


प्रकाशित मिति : १५ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend