साझा नेटवर्क
अनिल खत्री, गुल्मी जेठ १५ ।
गुल्मीमा जिल्ला युवा समितिले युवाहरुलाई ड्राईभिङ्ग तालिम सुरु गरेको छ । जिल्लामा रहेका बेरोजगार युवाहरुलाई तालिम दिएर स्वरोजगार बनाउने उदेश्यले तालिम राखिएको जिल्ला युवा समिति गुल्मीकी नासु सञ्जीनी आर्यलले बताइन् ।
समितिले १५ जना युवालाई एक महिना सम्मको लागि जिप कार ड्राईभिङ्ग तालिम दिन सुरु गरेको हो । बढ्दो बेरोजगार र युवाहरुको बिदेस प्रतिको मोहलाई निरुत्साहित गरि स्वदेसमै रोजगारको प्रबन्ध गर्न भन्दै एक महिने तालिम सुरु गरिएको अर्यालको भनाई छ ।
तालिमको प्रदेश नम्बर ५ का संसद खड्ग केसीले उद्घाटन गरेका थिए । तालिमको उद्घाटन गर्दै संसद केसीले ड्राईभिङ्ग पेसालाई सम्मान जनक पेसा बनाउन अनुसाशित भएर सिक्न आग्रह गरे ।
उनले देशमा आउने कुनै पनि नागरिक, पर्यटकहरु सबै भन्दा पहिला ड्राइभरसँग परिचित हुँने भएकाले नम्र व्यावहारको बनेर आदर सत्कार सहितको सेवा दिन कमि रहेको बताए ।
नेपालमा रहेका कतिपय ड्राइभरहरु सभ्य नहुने र पेवा प्रति मर्यादित नबन्ने गर्नाले पनि पेसालाई फरक तरिकाले हेर्ने गरेको बताए । संसद केसीलेयुवा परिर्वतनका सम्बाहक भएकाले अनुशासित सभ्य भएर सिक्न आग्रह गरे ।
सिप हुँने मान्छे जहाँ गएपनि काम गरेर खान सक्ने भएकाले अहिलेको समयमा सिप सिक्नु पर्ने जरुरी रहेको बताए । संसद केसी जिन्दगी बल्नु छ भने सपि सिकेर मात्रै बदल्न सकिने बताए ।
कार्यक्रममा रेसुङ्गा नगर उपप्रमुख सिता भण्डारी, जिल्ला खेलकुद बिकास समिति अध्यक्ष कृष्ण भण्डारी, जिल्ला युवा समिति अध्यक्ष राजेन्द्र बिक्रम कुँवर,कार्यालय प्रमुख लोकनाथ मरासिनी लगायतले सवारी दुरघटना न्यूनिकरण गर्न मुख्य गरि चालकको भुमिका भएकाले सिक्दा जिम्मेवारी पूर्वक सिक्नु पर्ने जेड दिए । तालिम सिकेर ब्यावहारमा लागु् हुँने गरि सिक्नु पर्नेमा उनिहरुको जोड थियो ।






© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend