logo
  • आइतबार, असोज ११ २०८३

सुशासन अभियान गुल्मीद्वारा छलफल कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क, गुल्मी जेठ १५ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आबद्ध सुशासन अभियान गुल्मी मार्फत सञ्चालित वातावरण वित्त सुशासन कार्यक्रम अन्तर्गत यस जिल्लामा वातवारणको क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्था तथा सरोकारवालाहरु विच जलवायु परिर्वतनले वातावरणमा पारेको प्रभाव विषयक छलफल कार्यक्रम संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा वातावरण विद सञ्जय ज्ञवालीले जलवायु परिर्वतन तथा यसको प्रभाव र यसको न्यूनिकरणका उपायहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्दै सहभागिहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिनुभएको थियो ।

सहभागिहरुले जलवायु परिर्वतनले वातावरणमा पारेको प्रभाव विषयमा आ–आफ्नो क्षेत्रमा सचेतना जगाउने काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो भने उक्त कार्यक्रमको सहजिकरण संस्थाका सह–सचिव विनोद पाण्डेयले गर्नुभएको थियो ।


प्रकाशित मिति : १५ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend