logo
  • आइतबार, असोज ११ २०८३

सदरमुकाममा हराएको गणतन्त्र दिवस गाउँगाउँमा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी जेठ १५ ।
गणतन्त्र स्थापना भएको ११ बर्ष भए । शुरुका केहि बर्ष बाहेक सदरमुकाममा गणतन्त्र दिवसको उत्साह मेटिदै गएको छ । पछिल्ला बर्षका गणतन्त्र तथा लोकतन्त्र दिवसमा कर्मचारी बाहेक अरु भेट्न मुस्किल पथ्र्यो । तर स्थानीय तहहरुमा दिवसको रौनक यो बर्ष बढेको पाइएको छ । जिल्लाका दुई नगर तथा १० गाउँपालिकाले आआफ्नै तरिकाले दिवस मनाएका छन् ।

सांसददेखि कृषकलाई सम्मान

धुर्कोट गाउँपालिकाले गणतन्त्र दिवसको अवसरमा गाउँपालिका भित्रका विभिन्न ब्यक्तित्वहरुलाई सम्मान, एक घर एक धाराको उद्घाटन तथा अन्तर विद्यालयस्तरिय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिका भित्रका विभिन्न सहिदका नाममा गाउँ कार्यपालिकाले पुरस्कार दिने निर्णय गाउँ सभाबाट गरेको थियो । सोहि अनुरुप गणतन्त्र गाउँपालिकाले ५० हजार राशीको शहिद शमशेर बहादुर खत्री बर्ष पुरस्कारबाट पूर्व सासंद टंक प्रसाद पोखरलाई सम्मान गरेको छ । नगद २५ हजारको शहिद खिमविक्रम नेपाली शैक्षिक बर्ष पुरस्कारबाट ज्ञानोदय मावि तथा १५ हजार राशी रहेको शहिद विष्णु बस्नेत बर्ष पशुपालक कृषक पुरस्कारबाट जित बहादुर पहराईलाई सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत लोकहरी थापाले बताए ।

त्यस्तै १५ हजार राशीको शहिद जेदुराम भण्डारी बर्ष कृषि पुरस्कारबाट खुमबहादुर कुँवर, १० हजार राशीको उत्कृष्ट कर्मचारी बर्ष पुरस्कारबाट गिरीप्रसाद श्रीस, उत्कृष्ट स्वास्थ्य सेवा बर्ष पुरस्कारबाट डिल्लिराज पराजुली, उत्कृष्ट पत्रकारीता बर्ष पुरस्कारबाट पत्रकार हुमाकान्त पोखरेल र उत्कृष्ट शिक्षक पुरस्कारबाट इन्द्रमणी पाण्डेलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष शिव खत्रीले बताए ।

दिपावली तथा सरकारी कार्यालय सरसफाई

इस्मा गाउँपालिकाले गणतन्त्र दिवसको अवसरमा तीन दिने कार्यक्रम तय गरेको थियो । जसअनुसार १४, १५ र १६ जेठमा सरकारी कार्यालय तथा घरघरमा दिवावली गर्ने निर्णय गाउँपालिकाले गरेको छ ।

त्यस्तै १५ जेठमा सरकारी कार्यालय तथा केहि सार्वजनिक स्थानमा सरसफाई गरिएको छ । भने इस्मा गाउँपालिकाकोको रिङ्गरोड प्रभातफेरी मार्फत परिक्रमा गरि सभा गरिएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सरोज कुमार पोखरेलले बताए ।

एक घर–एक धारा उद्घाटन

स्थानिय तहको निर्वाचन भएको ११ महिना पुगिसक्यो । तर धुर्कोट गाउँपालिकामा अहिलेसम्म पनि पानीको सुविधा थिएन् । यसै समस्यालाई मध्येनजर गर्दै गाउँपालिकाले एक घर–एक धाराको नीति लिएको थियो ।

यसै अभियान अन्तरगत गणतन्त्र दिवसकै दिन धाराको उद्घाटन गरिएको छ । होल बाङ्ग बाङ्ग्रा तथा जैसिथोक खानेपानी आयोजना मार्फत निर्माण भएका धाराको उद्घाटन भएको छ । धुर्कोट गाउँपालिका वार्ड नम्बर ४ जैसिथोकको साविकका वार्ड नम्बर १ देखि ३ सम्मका ९३ परिवारका घरमा एक धारा जडान भएको समिति अध्यक्ष गोपाल कुवँरले बताए ।

आयोजनाको गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले आगामी पाचँ बर्षसम्म गाउँपालिका भित्रका सबै घरमा एक धारा जडान गरिने प्रतिवद्धता ब्यक्त गरे ।

युवाका लागि ड्राइभिङ तालिम

राष्ट्रि युवा समितिको कार्यालय गुल्मीले बेरोजगार युवाका लागि ड्राइभीङ तालिम सुरु गरेको छ । प्रदेश नं ५ का सांसद खड्ग बहादुर के.सीले गणतन्त्र दिवसको अवसर पारेर कार्यक्रमको उद्घाटन गरे ।

युवाहरुको मागलाई सम्बोधन गर्दै १५ जनालाई तालिम लिन शुरु गरेका छन् । सांसद केशीले बेरोजगार युवालाई तालिम प्रदान गरेर लाइसेन्स प्राप्त गराउने काम निकै स¥हानिय रहेको बताए ।

उर्जाशिल समय खेर फालिरहेका यु्वाहरुकै मागको आधारमा तालिम राखिएको समितिका अध्यक्ष राजेन्द्र विक्रम कुवंरले बताए ।


प्रकाशित मिति : १५ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend