logo
  • आइतबार, असोज ११ २०८३

चरित्र हत्या गरिएको प्रति बिष्टको कडा आपत्ती


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क , गुल्मी जेष्ठ १४।
गुल्मीको मुसीकोट नगरपालिकामा भएको बलात्कारको घटनाका आरोपीसँग  जोडेर नेपाल सरकारका श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको चरित्र हत्या गरिएको छ ।

बलात्कारको मुद्धामा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेका व्यक्तिलाई छुटान मन्त्रीले दवाव दिएको भनेर गलत समाचार संप्रेषण भएको छ । तर त्यो घटनाको बिषयमा मन्त्री बिष्टलाई कुनै जानकारी नै छैन ।

‘पुर्वाग्रहले सिमा नाघ्यो, मैलै मेरो बिरुद्धमा समाचार देखेर साथीहरुले कल गरेसी घटना जानकारी पाएँ,’उनले भने,‘कस्तो दुर्भाग्य यो साथीहरुले राजनीतिका नाममा निकृष्टता देखाए ।

’ उनले आफुलाई भन्दा यो समाचार लेख्ने पत्रकार, लेख्न लगाउने नेता र दललाई बेफाइदा बढि हुने बताए । मन्त्रीका स्वकीय सचिव गणेश श्रीपाली समेत यो समाचारले आफु आश्चर्य चकित भएको बताए ।

‘मन्त्रीले मात्रै हैन, मैले पनि बल्ल सुमाचार हेर्दैछु,’उनले भने,‘यो निश्कलङकीत मानसिकताको उपज हो, गम्भिर घटनाका दोषीलाई कारबाहि हुनुपर्छ, उन्मुक्ति होइन ।

उनले कसैको चरित्र हत्या गरेर महिलालाई न्याय दिलाउन समाचार लेखाउनेहरुले उल्टै महिलामाथी दुर्यव्यावहार गरेको बताए। श्रीपालीले गलत र भ्रामक समाचार संप्रेषण गर्ने अनलाईनलाई सत्य पुष्टी गर्न आग्रह गर्दै कानुनी उपचार खोजिने बताए ।


प्रकाशित मिति : १४ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend