logo
  • शनिबार, असोज १० २०८३

जव रुपकी रानी पट्टयाउन गफ लायो सोल्टीले…


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

देबेन्द्र केसी, नयाँ दिल्ली जेठ १४।
‘धन भएको मान्छे र रुप भएकी तरुनी’ देखे महादेवको पनि तेस्रो नेत्र खुल्छ भन्थे बुढापाकाले साँच्चै रैछ । बुढापाकाका अरु उखान बिर्षिएपनि यो टुक्का धमिलो याद थियो तर आज तेजस्वी भैदियो । ‘सान्तिपुरे ब्युटी ‘नामले चर्चित गायिका सुसिला गौतमलाई पट्टयाउन चर्चित गायकले नै गफ लाएपछि माहोल एकाएक तात्न पुगेको छ । त्यसो त ‘सान्तिपुरे ब्यूटी’लाई पट्टयाउने अनि झ्याँई कुटी झ्याँई पार्ने सपनाले कति राजकुमारहरु खरानी धसे होलान र गफैगफको सगरमाथा बनाए होलान तर युवा हरुको मुटुको धड्कन मानिने गाएक रामजी खाँणले नै ‘सान्तिपुरे ब्यूटी’लाई पट्याउन दह्रो गफ दिएको खुलासा भएको छ । हो सहि यहि नै हो आज रिलिज भएको ऐल्वम “गफ लायो सोल्टीले “मा स्वर भर्दै गायक खाँणले गायिका सुसिला गौतमलाई गफै गफमा पट्टयाएका छन । मौसम हिमालीले निर्देशन गरेको एल्वमलाई चर्चित क्यामेरामेन करन चैसिरले खिचेका छन । गायिका गौतम कै शब्द रहेको एल्वममा लय गायक खाँणको नै रहेको छ ।

ऐरेन्ज कृष्ण बिक र सम्पादन नविन घर्तिमगरको रहेको छ । “माईतीको माया जस्तै आसा लाग्दो एल्वम ल्याएकी छु, माया गरिदिनु होला “गायिका गौतमले साझा नेटवर्क सँगको कुराकानीमा भनिन । एकता फिलिम्सले दृष्य निर्माण गरेको गितमा गायक र गायिका स्वयंको अभिनय रहेको छ ।

फरक बिषयमा बनेको यो एल्वमले राम्रै ब्यापार गर्ने आसा निर्माण पक्षको छ । फेसबुक लाईभ मै आएर ऐल्वमको जानकारी दिदै गायिका गौतमले सबैको सहयोगको अपेक्षा गरेकी छिन । राम्रै सुरुवात गरेको यो एल्वमले दर्शकको कति मन जित्छ त्यो भने हेर्न बाँकी नै छ ।

प्रकाशित मिति : १४ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend