साझा नेटवर्क
अनिल खत्री, गुल्मी जेठ १४ ।
जिल्ला कारागार गुल्मीमा कैदी बन्दीलाई सिलाई कटाई तालिम सुरु गरिएको छ । जिल्ला कारागार गुल्मीको आयोजनामा कारागारमा रहेका पुरुष बन्दीहरुको लागि एक महिने सिलाई कटाई तालिम सुरु गरेको हो । कारागार गुल्मीको आर्थिक सहयोगमा १० जना पुरुष बन्दीहरुको लागि तालिम राखिएको जिल्ला कारागार गुल्मीका प्रमुख गोपालप्रसाद पाण्डेयले जानकारी दिए ।
बन्दी जिवन बिताउनेहरुलाई सिप मुलक तालिम दिएर दक्ष ब्यक्ति बनाउने उदेश्यले कारागार गुल्मीबाट रु ५० हजार आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको पाण्डेयले बताए । एक महिने तालिमको जिल्लाका प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले उद्घाटन गरेका थिए ।
तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले लगनशिल भएर सिप आर्जन गर्न आग्रह गरे । उनले सिप र काम हुँनेहरुसँग सबै डराउने भएकाले यहाँ सिकेका ज्ञान उपलब्धी मुलक ढंगले सिक्न आग्रह गरे । बन्दी जिवन केवल बन्द रहन नभएर सिक्ने अबरका रुपमा मनन गरेर सिप आर्जन गर्न आग्रह गरेका थिए ।
सिप हुँने ब्यक्ति कहिल्यै पछी पर्नु पर्ने अबस्था नआउने भएकाले दक्षता ब्यक्तिहरुलाई खोजी खोजी अबसरहरु आउने भएकाले लगनशिलता भएर सिप आर्जन गर्न प्रजिअ शर्माको आग्रह थियो । सोहि अबसरमा प्रजिअ शर्माले कैदी बन्दीलाई एक थान भलिवल र जाली प्रदान गरेका थिए ।
कार्यक्रममा जिल्ला सरकारी वकील लोकमणी पाण्डेय,गुल्मी उ्रद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेय, घरेलु तथा साना उद्योग बिकास समिति गुल्मीका बरिष्ठ अधिकृत मिनराज ओझा,कारागार प्रमुख गोपालप्रसाद पाण्डेय लगायतले बन्दी जिवनसँगै पुन सामाजिकरण हुँने दिन आउने भएकाले सिप सिकेर दक्ष ब्यक्ति बन्न आग्रह गरेका थिए ।
उनिहरुले सिप क्षमता बृद्धि गरे आयआर्जनका बाटो धेरै रहेको बताए । हाल जिल्ला कारगार गुल्मीमा ६५ जना कैदी बन्दी रहेका छन् । २५ जनाको क्षमता भएपनि दोब्बर भन्दा वढी कैदी बन्दी बस्दै आएका छन् । कारागार गुल्मीमा बन्दी जिवन भन्दा पनि सुधार जिवन दिने खालको बातावरण तयार गरिएको कारागार प्रमुख पाण्डेयले बताए ।
कैदी बन्दीलाई बन्दी जिवन भन्दा पनि सुधारहुँने अबसर दिनको लागि बिभिन्न संघ संस्थाबाट तालिमहरु दिएर सामाग्रहरु उत्पादन पर्दै आएको बताए । उनले जिल्ला कारागार गुल्मीबाट उत्पादन हुँने मुडा,ढाका बुनाई तथा सिलाई कटाईबाट वार्षिक ४० लाख बढीको आर्थिक कारोबार हुँदै आएको बताए ।
कारागार गुल्मीमा उत्पादिन मुडाहरु जिल्लामा र जिल्ला बाहिर परिचित मानिन्छ । कैदी बन्दीहरुलाई बिभिन्न तालिमहरु दिएर सपि मुलक सिक्ने ठाउँ बनाउन लागि परेको कारागार प्रमुख पाण्डेयको भनाई छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend