logo
  • आइतबार, असोज ११ २०८३

बजेट विनियोजन सम्बन्धि स्थानिय तहका पदाधिकारीलाई तालिम


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी जेठ १४।
गुल्मी जिल्ला समन्यव समिति गुल्मीले जिल्लाका सबै स्थानिय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा लेखापालहरुलाई क्षमता अभिवृद्धिसम्बन्धि तालिम प्रदान गरेको छ ।

बजेट विनियोजनको समयमा स्थानिय तहलाई सहज पुग्ने उदेश्यले गाउँपालिका/नगरपालिकाका सम्बन्धित पदाधिकारीहरुलाई प्रशिक्षण दिएको हो । समितिले आइतबार धुर्कोट, मदाने, मालिका र इश्मा गाउँपालिकाका पदाधिकारीहरुलाई मालिका गाउँपालिका ८ सिमलटारीमा प्रशिक्षण दिएको छ ।

प्रत्येक स्थानिय तहलाई दुई/दुई दिनको तालिम प्रदान गरिएको छ । स्थानिय विकास अधिकारी कल्पना श्रेष्ठ, कोष तथा लेखा नियन्त्रक प्रमख शशिन्द्र खाती, जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शंकर प्रसाद गौतम लगायतले प्रशिक्षण दिएको धुर्कोट गाउँपालिका प्रवक्ता कविता विकले जानकारी दिइन् ।

समन्वय समितिले रेसुङ्गा नगरपालिका र गुल्मीदरबार, छत्रकोट र रुरु गाउँपालिका, कालिगण्डगी र सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकालाई भने यसभन्दा अगाडी नै क्षमता अभिबृद्धिसम्बन्धि तालिम प्रदान गरिएको छ । प्रशिक्षणमा योजना छनोटको तरिका , बजेट विनियोजन लगायतका विषयमा जानकारी गराइएको थियो ।

त्यस्तै बजेट विनियोजन गर्दा स्थानिय तहले आर्थिक, सामाजिक, संस्थागत विकास लगायत विकासका पूर्वाधारलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्नुपर्नेमा प्रशिक्षणकर्ताले जोड दिएका थिए । समन्वय समितिले अब छिट्टै दोस्रो चरणमा एकिकृत सम्पत्ति कर सम्बन्धि पनि तालिम दिन लागेको जनाएको छ ।

नेपालमै पहिलो पटक एकिकृत सम्पत्ति करसम्बन्धि क्षमता अभिवृद्धि सम्बन्धि प्रशिक्षण दिन लागिएको समन्वय समिति प्रमुख लक्षमण पराजुलीले बताए ।


प्रकाशित मिति : १४ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend