साझा नेटवर्क
कमल पौडेल, बागलुङ जेठ १३ ।
एसियन लाईफ इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा मुसिकोट नगरपालिका वडा नं. ७ वामी टक्सारमा अभिकर्ताहरुको लागि एक दिने तालिम सम्पन्न भएको छ।
तालिममा पाल्पा शाखाका प्रवन्धक ध्रुव नारायण ढुंगानाले एसियन लाइफ इन्सुरेन्स कम्पनीको वारेमा जानकारी दिनुभएको थियो। तालिममा अभिकर्ता रामकृष्ण कँडेलले आफ्नो अनुभुति प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रम गुल्मी उपशाखा इन्चार्ज राजन केसिको अध्यक्षता, अभिकर्ता विष्णु आचार्यको संचालनमा सम्पन्न भएको थियो। तालिममा गुल्मी तथा बागलुङका ४० जना वढि अभिकर्ताहरुको सहभागिता रहेको थियो।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend