साझा नेटवर्क
कमल पौडेल, बागलुङ जेठ १३ ।
बडिगाड गाउँपालिका वडा नं. ३ मा नेपाली काग्रेस र राष्ट्रिय जनमोर्चा मिलेर छायाँ समितिको गठन गरेका छन् ।
नेपाली काग्रेसका दिल वहादुर पुन संयोजक र राजमोका नर वहादुर प्रतेल उपसंयोजक रहेको समितिको गठन गरेका हुन्। सो समितिले जनताको चाहना अनुसार विपक्षको उचित र आवश्यक सहयोग छलफल र नियन्त्रणको भूमिका निर्वाह गर्न छायाँ समितिको गठन गरिएको भन्दै शिसाखानीमा भएका संस्थाहरुको निर्माण तथा व्यावस्थापन समितिको विवरण पठाउन वडा कार्यालयमा निवेदन दिएको छ।
शिसाखानी भित्रका सरकारी तथा गैरसरकारी ८ ओटा संस्थाको विवरण पठाउन अनुरोध गरेको हो। संयोजक पुन, उपसंयोजक प्रतेल र सदस्य कुमारी थापाको हस्ताक्षर रहेको उक्त पत्रमा सात दिन भित्र छायाँ समितिमा विवरण वुझाउन भनिएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend