साझा नेटवर्क
रुपन्देही, आषाढ ११।
लुम्बिनी ग्रामिण बिकास परिषदको आयोजना तथा जिल्ला बिकास समिति रुपन्देहीको सहयोगमा महिला प्रजनन स्वास्थ्य सम्बन्धी २ दिने जनचेतना मुलक तालिम सम्पन्न भएको छ ।

मानपकडी गाबिसका सचिब लक्ष्मण ज्ञाबलीले समापन कार्यक्रममा वोल्दै २ दिनसम्म सिकेको तालिमलाई ब्यवाहरमा परिर्वतन गर्नु पर्ने बताए । उनले सहरका होटलमा गरिने कार्यक्रमको अर्थ नरहेको बताउदै समाज परिर्वतन गर्ने गाउबाट चेतना जगाउनु पर्ने बताए । गाउमा अहिले पनि चेतनाको कमी रहेको बताउदै शहरमुखी एनजीओ आईन्जीओलाई गाउमा जानुपर्ने बताए ।
कार्यक्रममा सहभागिको तर्फवाट वोल्दै ईन्द्रमाया चौधरीले यस्ता स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रमले ग्रामिण क्षेत्रका महिलाहरुको स्वास्थ्यमा परिर्वतन ल्याउन सकिने बताईन । गाउका नाममा सहरमा हुने गोष्ठीले गाउमा परिर्वतन नहुने बताउदै गाउ-गाउमा गएर स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्नुपर्ने बताईन ।
संस्थाका अध्यक्ष चन्द्रकान्त खनालको अध्यक्षतामा भएको समापन कार्यक्रममा पार्वती चौधरी, हरि घिमिरे लगायतले बोलेका थिए मानपकडि गाबिसका ४० जना महिलाहरु २ दिन सम्म चलेको तालिममा सहभागि भएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend