logo
  • आइतबार, असोज ११ २०८३

रेसुङ्गा नगरपालिकाले दियो किसानलाई कृषि जन्य सामाग्री


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री ,  गुल्मी  जेठ १० ।
रेसुङ्गा नगरपालिकाले किसानलाई औजार उपकरण एबं कृषि जन्य सामाग्री हस्तातरण गरेको छ । कृषिमा यान्त्रिकरण गरौ उत्पादन लागतमा घटाउ भन्ने नाराका साथ नगरपालिका अन्तरगत प्रधानमन्त्री कृषि आधुनिकरणले नगरपालिका भित्रका किसानलाई औजार उपकरण एबं कृषि जन्य सामाग्री बितरण गरिएको हो ।
नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत अनुदानमा प्रधानमन्त्री कृषि आधुनिकरण अन्तरगत प्रत्येक वडा स्तरमा रहेका ब्लग समितिहरुलाई हस्तातरण गरिएको रेसुङ्गा नगरपालिका कृषि शाखा प्राबिधिक सहायक चेतनारायण पन्थीले जानकारी दिए । नगरपालिकाले बिहिबार एक कार्यक्रमका बिच १० वटा समुहलाई थोपा सिंचाई सामाग्री र १५ वटा समुहलाई तरकाली जाली घर सामाग्रीहरु बितरण गरेको थियो ।

कृषकहरुलाई नगरपालिका उपप्रमुख सिता भण्डारीले सामाग्री दिएर हस्तातरण गरेकी थिइन् । प्रदान गरिएका थोपा सिंचाई सामाग्रीको प्रति मुल्य ३ हजार ५सय र तरकारी जालि घरको १ लाख कुल रकम रहेको छ । त्यसको ५० प्रतिशत नगरपालिकाले अनुदान दिने गर्दछ । सामाग्री हस्तातरण गर्दै नगर उपप्रमुख भण्डारीले ५० प्रतिशत अनुदानमा पाए पनि आफ्नै करको रकमबाट पाएकाले सामाग्रीहरुबाट धेरै फाइदा लिन आग्रह गरिन् । नगरपालिका भित्र रहेक कृषकहरुको प्रगती नै नगरको प्रगती हो भण्डारीले भनिन् ‘सामाग्रीलाई निशुल्क पाएझै गरेर बेवास्ता गर्ने नगरियोस ।’

उनले कृषकहरुको व्यवसायिकता र आधुनिकरणमा नगरपालिकाले आगामी दिनमा नयाँ योजना सहितका कार्यक्रमहरु ल्याउने बताइन् । नगर भित्र रहेका कृषकहरुको कृषि व्यावसायिकतालाई बिशेष ध्यान दिएर आगामी बजेटहरु पनि तयार हुने बताइन् । नगरपालिकाले नगर भित्र १८ वटा कृषि समुहलाई मिनि टेलर पनि बितरण गरेको जनाएको छ । नगरपालिकाको ५० प्रतिशत रकम र ५० प्रतिशत कृषकको अनुदानमा प्रदान गरेको प्राबिधिक सहायक पन्थीले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend