logo
  • आइतबार, असोज ११ २०८३

मदानेमा सार्वजनिक सुनुवाई सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी जेठ ९ ।
मदाने गाउपालिकाको सार्वजकि सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा भएको सुनुवाईमा गाउँपालिकाले प्रदान गर्ने सेवा–सुविधाको बारेमा स्थानियले जिज्ञासा राखेका थिए । गाउँपालिकाले प्रदाने गर्ने सेवा चुस्त दुरुस्त नभएको, वजेट विनियोजन गर्दा समावेशी नभएको, मिटरबक्स घरमै थन्काएर राख्नुपरेको जस्ता विषयहरु सार्वजनिक सुनुवाईमा उठेका थिए । त्यस्तै गाउँपालिकाबासिलाई यातायातमा समस्या भएको, योजनाहरु समयमै सम्पन्न हुन नसनेको जस्ता विषयहरु पनि सार्वजनिक सुनुवाईमा उठेका छन् ।

गाउँपालिकाका अध्यक्ष दान बहादुर केसी, उपप्रमुख सरिता खड्का, प्रमुख प्रशासकिय अधिकृत शुरेश भण्डारी, वडाध्यक्षहरु, विषयगत समितिका संयोजक लगायतले जिज्ञासाको जवाफ दिएका थिए ।

गाउँपालिकाले आगामी बर्षदेखि ‘मदाने सेरोफेरो’ कार्यक्रम संचालन गर्ने, गाउँपालिकाबाट प्रदान गरिने सेवालाई चुस्त दुरुस्त बनाउने, सार्वजनिक सुनुवाई वार्ड–वार्डमा पु¥र्याउने जस्ता प्रतिवद्धताहरु गरिएको छ ।

गाउँपालिकाले प्रदान गर्ने सेवा–सुविधाप्रति जनताको गुनासो संकलन गर्ने र सेवा प्रवाहलाई भरपर्दो बनाउने उदेश्यले सार्वजनिक सुनुवाईको आयोजना गरिएको उपाध्यक्ष सरिता खड्काले बताईन ।

कार्यक्रम गाउँपालिकाका अध्यक्ष केसीको अध्यक्षता तथा पत्रकार हुमाकान्त पोखरेलको सहजिकरणमा सम्पन्न भएको थियो ।


प्रकाशित मिति : ९ जेष्ठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend