logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा नेपाली कांग्रेसले छुवाछुत अन्त्य गर्दै


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गुल्मी, जेठ ८ ।
नेपाली काँग्रेस गुल्मीको ५० दिने महाअभियानको दोस्रो चरणको कार्यक्रम अन्तर्गत मंगलबार जिल्ला विभिन्न गाउँपालिका तथा नगरपालिकामा वृहत भेला सम्पन्न भएको छ । नेपाली काँग्रेस गुल्मीले आयोजना गरेको यो महाअभियानमा जिल्ला सम्पूर्ण पदाधिकारी तथा जिल्ला प्रतिनिधिहरु समेत खटिएका छन ।

महाअभियानमा नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरु समेत खटिएका छन । त्यस्तै आज कालिगण्डकी गाउँपालिकाका विभिन्न वडामा बृहत भेला सम्पन्न भएको छ । त्यस्तै मंगलबार विहान कालिगण्डकी गाँउपालिका वडा नं. ४ पूर्तिघाटमा विशेष भेला सम्पन्न भएको छ ।

भेलामा नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीको प्रमुख आतिथ्यता, विशेष अतिथि, नेपाली काँग्रेस गुल्मीका सदस्य गोपाल श्रेष्ठ, नेविसंघ गुल्मीका सभापति झविन्द्र पाण्डेयको रहेको थियो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्थीले ५० दिने महाअभियानले दलित पिछाडिएका वर्गको उत्थानका लागि सहयोग पुग्ने बताए ।

उनले अब परम्परागत रुपमा दलित बस्तिलाई हेरिने हेपा प्रवृत्तिको अन्त्य गरिने बताएका छन् । प्रमुख अतिथि पन्थीले जुन समाजमा दलितहरुलाई गरिने व्यवहार छ त्यो व्यवहारको अन्त्य गर्न समेत सम्पूर्णलाई आग्रह गरेका छन । नेविसंघका गुल्मीका सभापति झविन्द्र पाण्डेले नेपाली काँग्रेसको महाअभियानले जिल्लाका दलित, पिपन्न बस्तिमा पुगेर उनीहरु सँग सहकार्य गरेको बताए ।

भेला सकिए लगतै विहानको खाना नेपाली काँग्रेसबाट विजेता वडाध्यक्ष होमबहादुर थापाको घरमा संयूक्त रुपमा त्यस गाँउका दलित साथिहरुसँग बसेर खाएका थिए । त्यस्तै सोही गाउँपालिका वडा नं. ३ जयखानीमा पनि विशेष भेला सम्पन्न भएको छ ।

भेलाको सम्बोधन नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले गर्नुभएको थियो । त्यहाँ जयखानीको कटौना स्थित शिवमन्दिरमा दलित तथा त्यहाँका सम्पूर्ण स्थानिय वासिन्दाले संयूक्त रुपमा पुजा गरेका थिए ।

त्यहाँ कृष्णकुमारी सार्की, भिमलाल दर्जी, पुर्ण नेपाली, टेकबहादुर विक र देउमाया दर्जीलाई पेशाका आधारमा सम्मान गरिएको छ । भेलामा नेपाली काँग्रेस कालीगण्डकी गाउँपालीकाका वडा सभापतिहरु तथा नेपाली काँग्रेसका सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुको समेत उपस्थित रहेको थियो ।


प्रकाशित मिति : ८ जेष्ठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend