साझा नेटवर्क
अनिल खत्री, गुल्मी जेठ ३।
गुल्मीमा एमहा कम्पनीको मोटरसाइकल किन्ने क्रमममा एक जनालाई चिठ्ठा परेको छ । एमहा कम्पनीले नयाँ वर्षको अफर अन्र्तगत भिटु एफ आई १ सय ५० सिसीको मोटर साइकल किन्ने क्रममा रेसुङ्गा नगर पालिका वडा नम्बर १३ का खुमबहादुर खत्रीलाई परेको हो ।
खत्रीले एमहा कम्पनीको गुल्मी जिल्लाको आधिकारीक बिक्रेता न्यू लुम्बिनी मोटरर्पासमा रु २ लाख ६५ हजार ९ सयको मोटर साइकल किन्ने क्रममा २० प्रतिशत क्यास ब्याक अफर अन्र्तगत ५५ हजारको चिठ्ठा परेको गुल्मी जिल्लाको आधिकारीक बिक्रेता न्यू लुम्बिनी मोटरर्पासका व्यावस्थापक बावुराम कँडेलले बताए ।
एमहा कम्पनीले ८ वटा ब्राण्डका मोटरसाइकलमा नयाँ वर्ष अफर राखेको कँडेलले बताए । नयाँ मोटरसाइकल किन्ने क्रममा कुपन स्क्याज गरेर चिठ्ठा प्रदान गरिदँै आएको छ । कँडेलका अनुसार चिठ्ठा बिजेता खुमबहादुर खत्रीलाई उक्त रकम प्रदान गरिएको बताए । खत्रीलाई परेको चिठ्ठा गुल्मी जिल्लामा बिक्री भएका मोटर साइकलहरुको मध्ये ठुलो उपहार हो ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend