logo
  • आइतबार, असोज ११ २०८३

बन्दकर्ताबिना बजार सुनसान, प्रहरीद्वारा अलपत्रकाे उद्दार


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पाेखरेल, गुल्मी बैशाख ३०।
नेकपा माओवादी (बिप्लप समुह) ले आव्हान गरेको बन्दको प्रभाव गुल्मीमा विहानैदेखि परकेो छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोतीको नेपाल भ्रमणको क्रममा केपी वली सरकारले गरेको राष्ट्रघात, नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोध गर्नुपर्ने अनिवार्यता भन्दै नेकपा माओवादी (बिप्लप समुह) ले आव्हान गरेको वन्दले गुल्मीको जनजिवन प्रभावित भएको हो ।
वन्दका कारण गुल्मीमा विहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारीका साधनहरु सञ्चालन हुन सकेका छैनन । त्यस्तै जिल्लाको सदरमुकाम तम्घास लगायत ग्रामिण क्षेत्रका प्रमुख ब्यापारीक बजारहरुका पसलहरु समेत पुरै वन्द रहेका छन् । जसले गर्दा सर्वसाधारण यात्रुहरुले समस्या खेप्नु परेको छ । बजारमा बन्दकर्ताहरू नदेखिए पनि क्षति हुने डरमा सवारी चलाउन वा पसलहरू खाेल्न स्थानियले सकेका छैनन । विप्लव नेतृत्वको नेकपाले केही दिन पहिले रिडिबजार र बलेटक्सारमा बम बिस्पाेट समेत गराएकाे थियाे ।

यता जिल्लामा सञ्चालन भैरहेका परिक्षाहरु भने संचालन भइरभइरहेका छन् । जिल्ला पाटीले शनिवार साझँ विज्ञप्ती निकालेर पहिलेदेखि सञ्चालनमा रहेका परिक्षाहरु कुनै पनि नरोकिने जनाएको हो । बन्दका कारण जिल्लामा सुरक्षा ब्यवस्था भने कडा पारिएको प्रहरीले जनाएको छ । जिल्लाकाे रिडिबजार लगायतका केही क्षेत्रमा अलपत्र परेका यात्रु र सवारिलाई प्रहरिद्दारा स्कटिङ गरि सम्बन्धित ठाँउमा पुर्याइएकाे प्रमुख जिल्ला अधिकारी काेशलराज शर्माले बताए । साथै उनले बन्दकै कारणले काेहि अलपत्र परेकाे भए प्रशासन कार्यालय वा प्रहरी कार्यलयमा खबर गर्न समेत अाग्रह गरे ।

जिल्लाका ग्रामिण क्षेत्रमा रहेका ब्यापारिक बजार तथा वैकहरु, सरकारी कार्यालयहरु लगायत सवैतिर सुरक्षा ब्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । अन्य सवारीका साधनहरु नचलेपनि एम्वुलेन्स, दुध वोक्ने गाडी, कुटनितीक आयोगका गाडी, सुरक्षा निकायका गाडी र प्रेसका गाडीहरु भने चलेका छन । बन्द साझँ ५ वजेपछि खुल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend