साझा नेटवर्क
साझा नेटवर्क , काठमाडौं बैशाख ३० ।
चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान बम विस्फोट भएको छ ।
चितवनका प्रहरी उपरीक्षक दीपक थापाले अनुसार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गराएको हुन् सक्ने आशंका गरिएको छ उक्त घटना बिहान ०३ः४५ बजे ग्रिनेट विस्फोट गराएको जानकारी दिए ।
विस्फोटबाट भाटभटेनी सुपरमार्केटको पछाडि भागको सिसा फुटेको छ भने अन्य मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।
थापाले विस्फोट गर्ने एक जनाको पहिचान भएको र खोजी जारी रहेको बताए । मोटसाइकलमा आएका दुई जनाले बम विस्फोट गराएको उनले बताए ।
विप्लब नेतृत्वको बन्दको हल्लाले आज चितवनको सवारी आवागमन प्रभावित भएको छ । त्रासका कारण फाट्टफुट्ट मात्रै सवारी चलेका छन् । रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend