साझा नेटवर्क
काठमाण्डौ, बैसाख २६।
भारतको राजधानी नयाँ दिल्लीमा रहेर पत्रकारिता गरिरहेका पत्रकार देबेन्द्र केसीले हिजो राति लेखेको फेसबुक स्टाट्स भाईरल भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बारेमा बिभिन्न टिका टिप्पणी भईरहेका बेला पत्रकार केसीले लेखेको फेसबुक स्टाट्स भाईरल भएको हो । पत्रकार केसीको सो स्टाट्सलाई फेसबुकमा #Devendra हेण्डट्याग बनाएर १२०० भन्दा बढिले शेयर गरेका छन ।
प्रधानमन्त्री केपी ओलीलाई भारतको आसन्न भ्रमणका बेला भारतले दिएको आतिथ्यताको चर्चा गर्दै केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि नेपालले स्वागतमा कुनै कन्जुस्याई नगर्न अनुरोध गरेका छन । एकाध आलोचना मिलेपनि सो स्टाट्सको सर्वत्र प्रसंसा भएको छ । भारतमा रहेर विविध बिधामा कलम चलाउने पत्रकार केसी नेपाल पत्रकार महासंघ भारत साखामा प्रवक्ता छन ।
प्रम केपी ओली भारत आउदा राजकिय अतिथि बनेर आए, ओलीको सम्मानमा ईण्डिया गेटमा नेपाली झण्डा फर्फरायो, बिजय चोक देखी राज घाट सम्म जाने बाटो सर्वसाधरणको लागि बन्द गरियो, गुजरातमा ओलीको सम्मानको लागि जुनियर स्कुल बन्द गरियो, हिमाचलमा रहेको टिहरी ड्याम अवलोकन गर्न ओली जाँदा दिनभरको लागि टिहरी ड्याम अवलोकन गर्न सर्वसाधरणको लागि बन्द गरियो, दुनियाका बिरलै भिभिआईपीको सुबिधा दिदै भारत सरकारले राष्ट्रपति निवासमा ओलीलाई राख्यो ।
२१ तोपको गार्ड अफ अनर, दिल्लीको सडकहरुमा नेपालका झण्डा, ओलीको स्वागतमा नयाँ दिल्ली पखालियो र रंगियो…. मेरै आँखा अगाडी तर…. तिनै मेजवान मोदी नेपाल जाँदा ,नेपालका सडकहरु पखालिंदा, मुक्तिनाथ सर्वसाधरणको लागि एक दिन बन्द हुँदा, जानकी मन्दिर परिसर मिथिला चित्रकारिताले सिड्गारिंदा र काठ्माण्डौका सडकहरुमा नेपाल प्रहरी र सेनाका सिपाईहरु गस्त गरिरहंदा किन रडाको मच्चाउनु? के पाहुनाको सत्कार गर्ने नेपाली संस्कृति छैन?
के कुनैपनि देशको प्रमुखलाई यत्तिकै सडकमा छोड्न मिल्छ? कटुता त्यागौ… छिमेकी खराव होला तर मोदी पाहुना हुन.. स्वागत गरौ…भारतलाई पनि गर्व हुनेगरि रातो कार्पेट बिछ्याऔ।
सर्वत्र मन पराईएको यो स्टाट्स बिभिन्न ठाँउमा चोरी पनि भएको छ । बिधार्थी नेता निरज आचार्यले सो स्टाट्सलाई चोरी गरेर आफ्नो फेसबुकमा राखेका छन । ‘निरज जस्तै थुप्रै साथीहरुले मेरो स्टाट्स चोरी गर्नु भएको छ, यहाँ स्क्रिनसट राखिएको छ । कसैको श्रृजना चोरी गर्नु राम्रो कार्य होईन “पत्रकार केसी ले भने।चोरी का घटना बाहेक भाईरल स्टाट्समा भने सब्द सापटी देबेन्द्र केसी भनेर लेखिएको छ ।












© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend