logo
  • शुक्रबार, असोज ९ २०८३

मुक्तक दोहोरी : सन्तोस हरदम मगर र रामजिता मगरको घम्साघम्सी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

आउदो मंसिरमा छिट्टै,फगाम भित्र्याउने छु।
अनि मुटु भित्र रामजिता,नाम भित्र्याउने छु।।
यदि सम्भव भएन भने त सिन्दुर पोते लगन।
हाम्रो प्रेमको अगाडी,हराम भित्र्याउने छु।।

सन्तोष हरदम मगर

मनको मन्दिरमा,सजाएर लैजाउ।
अनि घुम्टो भित्र,लजाएर लैजाउ।।
भयो बदनाम न भित्रायाउ है प्यारा।
यसै मंसिरमा बाजा,बजाएर लैजाउ।।

रामजिता मगर

मंसिरमा लगन जुध्ने,गरि अब ज्योतिष खोज्ने छु।
ढुक्क हुनु मेरि मनकी,चरी अब ज्योतिष खोज्ने छु।।
मात्र तिमी मेरो यो कोमल दिलमा रमाउन सिक है।
साथमै तिमीलाई राखी,घरीघरी ज्योतिष खोज्ने छु।।

सन्तोष हरदम मगर

हो म पनि तिमी सँग सँगै,बाच्न चाहन्छु।
जुनि भरी न मेटिने माया,साच्न चाहन्छु।।
ज्योतिषले लगन जुधेको छैन भन्यो भने।
भगवान सँग मायाको भिख,माग्न चाहन्छु।।

रामजिता मगर

हेर अंगालोमा,बेर्ने छु जुनि जुनि सम्म।
सम्झनामा चित्र,केर्ने छु जुनि जुनि सम्म।।
कहिल्यै नराम्रो हुने नै छैन जिन्दगी भरी।
अब लगतै भबिस्य,हेर्ने छु जुनि जुनि सम्म।।

सन्तोष हरदम मगर

बिहे गरेर मलाई कस्तो घरमा,सार्छौ कि?
कि कतै साथ दि अलपत्रमा,पार्छौ कि?
मलाई डर पो लाग्न थाल्यो सोच्दा खेरी।
भमरा झै रस मात्र चुसी कतै,झार्छौ कि?

रामजिता मगर

कसम अलपत्रमा पार्ने मेरो त,बानी नै छैन सानु।
अन्तै नजर लगाउने आखाको,नानी नै छौन सानु।।
बाचुन्जेल त तन,मन दिएर खुसी पार्छु तिमिलाई।
तर मनको धनी छु धनको त,खानी नै छैन सानु।।

सन्तोष हरदम मगर

मान्द्रोको बार खरको,छानोमा राख।
अधिक माया तर धन,सानोमा राख।।
आहा तिमी मेरो मनको कुरा बुझ्ने रहेछौ।
सुख पाथीमा तर दुखलाई,मानोमा राख।।

रामजिता मगर

मायाको पछाडी शत्रु लागेर पनि,छुट्टाउन सक्दिन्न।
कोहि मायामा मरेका,जागेर पनि छुट्टाउन सक्दिन्न।।
साच्चै पहाडको फेदीमा झुपडी सजिएको छ मेरो।
आत्मा मिल्यो संसार,त्यागेर पनि छुट्टाउन सक्दिन्न।।

सन्तोष हरदम मगर

मेरो नामको पछाडी तिम्रो,थर कस्तो होला सोच्दै छु।
मेरो जन्म ठाउँ छोडी तिम्रो,घर कस्तो होला सोच्दै छु।।
हाम्रो जीवन अगाडी कोहि बादक बन्न आयो भने।
भागेर पुग्यो भने छुट्टै,सहर कस्तो होला सोच्दै छु।।

रामजिता मगर
थबाङ गाउँपालिका-२, रोल्पा

हेर दुनियाँ चकित पर्ने छन थर र,घर सार्दा।
अझ हेर छिट्टै मंसिरमा बिहेको,खवर सार्दा।।
तिमी आफै बन हाम्रो प्रेमको भबिस्यबाणी।
अनि कस्तो होला मन अमृत लि,जहर सार्दा।।

सन्तोष हरदम मगर
सुनछहरी गाउँपालिका-६, फगाम,रोल्पा

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend