साझा नेटवर्क
कमल पौडेल ,गुल्मी बैशाख २५ ।
जिल्ला समन्वय समिति बागलुङको अगुवाईमा जनप्रतिनिधिहरुको टोली स्थानिय मागहरुको ध्यानाकर्षण गराउन काठमाडौं पुगेको छ।
जिल्लाका विकास निर्माणका योजनाहरुको प्राथमिकीकरणको लागि संघिय सरकारका विभिन्न मन्त्रालयमा पुगेको जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले जानकारी दिनुभएको छ।
टोलीमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, उपप्रमुख भुसाल सहित जिल्ला वाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सांसदहरु डा. सुर्य पाठक, देवेन्द्र पौडेल, मन कुमारी केसि, ज्ञान कुमारी छन्त्याल, राष्ट्रिय सभा सदस्य शान्ति अधिकारी, स्थानिय तह तर्फ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ति रहनुभएको छ।
टोलीले सोमवार र मंगलवार पर्यटन मन्त्रि रविन्द्र अधिकारी, महिला तथा वालवालिका मन्त्रि थममाया थापा, भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रि रघुविर महासेठ, युवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुस्प कँडेल लगाएतलाई भेटि समग्र बागलुङको विकासका योजनालाई प्राथमिकिकरण गरिदिन आग्रह गरेको छ।
भेटपछि सम्वन्धित मन्त्रालयवाट ढोरपाटनको समग्र विकास को लागि यथोचित वजेट विनियोजन गर्ने, जेष्ठ, महिला, वालवालिका लगाएतको लक्षित वजेट स्थानिय तहमा पठाउने, बागलुङ वजार हुँदै दक्षिण कुस्मीसेरा, बरेङ हुँदै गुल्मीको शान्तिपूर जोड्ने सडकको लागि आवश्यक वजेट विनियोजन गर्ने, सवै पालिकामा व्यवस्थित खेल मैदान, ढोरपाटनमा हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर, बाङ्गेचौरमा स्तरीय खेल मैदान निर्माण गर्ने, जिल्ला भित्र डिटेल स्टीमेट भएका सवै पुलहरु निर्माणको लागि आवश्यक प्रवन्ध गर्ने लगाएतका प्र्रतिवद्धता व्यक्त भएको उपप्रमुख भुसालले जानकारी दिनुभएको छ।
टोली अझै २ दिन वस्ने र संघिय सरकारका विभिन्न मन्त्रालय र मन्त्रिहरु संग भेटि समग्र जिल्लाका विकास योजनाको विषयमा ध्यानाकर्षण गराइने भुसालले जानकारी दिनुभएको छ।
फोटो एटेज गरिएको छ। विभिन्न मन्त्रालयमा मन्त्रि संगै खिचिएका फोटो सम्पादन गरिएको छैन, फोटो विष्णु भुसालले उपलब्ध गराउनु भएको हो।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend