साझा नेटवर्क
सुर्य चन्द , काठमाडौँ बैशाख २५ ।
आफ्नो देश अनि माटोको माया कस्लाई हुन्न र ? त्यस्तै प्रवासमा बसेर गीत मार्फत गायक जगन निरौला नेपाल देश को सुन्दर्ताको वर्णन गर्दै नेपाल देश घुम्न जान अनुरोध गर्दै छन् ।
उनको सुमधुर आवाज रहेको सगरमाथा छानो मुनि बोलको राष्ट्रभक्ति गीत सार्वजनिक भएको छ । यस गीतको शब्द स्वयम् गायक जगनको रहेको छ भने संगीतसम्योजन चन्दु गोर्खालीले गरेका हुन् । सिकागो शहरको बिभिन्न ठाउँमा यस भिडियोमा सिकगो शहरमै बस्दै आएका आर एल शेर्पाले छायांकन तथा निर्देशन गरेका हुन् ।
भिडियोमा राज थापा, सोनिया गरास, विश्व राई बिदुर काफ्ले, मन्जु सोनम, पुजा शाही आदिले अभिनय गरेका छन् । मार्फत तयार भएको यस भिडियोलाई मार्फत बजारमा ल्याइएको छ । भिडियो हेर्नुहोस् :
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend