logo
  • शुक्रबार, असोज ९ २०८३

अब्यबस्थित सोस्ताहरुमा तोडफोड, नकुल शाहीको अगुवाइमा यस्तो कार्य (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बुटवल, वैशाख २४ ।
बुटवल ११ बुद्धनगर दुर्गा टोल र तिलोत्तमा टोल विकास सस्थाले बाटोको नालीमा छोडिएका अब्यबस्थित सोस्ताहरुले सडक नालीहरु दुर्गन्धित भएको देखिएपछि २ वर्ष पहिले देखि टोलबिकास समितिले हरेक घरलाई ब्यबस्थित सोस्ता निर्माणकोलागि पटक पटक पत्र काट्दै आएको थियो ।
तर २ वर्ष बित्दा सम्म पनि केहि घर धुरिहरुले यस्को अबज्ञा गरेको हुनाले नकुल साहिको अगुवाइमा टोल बिकासका प्रतिनिधि र नगर बासिहरुकै उपस्थितिमा अब्यबस्थित सोस्ता बन्द गराउने काम गरियो । ब्यबस्थित सोस्ता नभएको कारणले घरभित्रको बाथरूम र भान्सा देखि बगेको फोहर पानी सिधै सडकको नालीमा बगेको कारणले पनि बाटोमा दुर्गन्ध फैलिएको र विभिन्न रोग ब्याधिको सिकार स्वम टोलबासीनै पर्ने भएकोले यो कार्यको थालनी गरिएको नकुल साहिको भनाइ छ ।

हाम्रो बुद्धनगर राम्रो बुद्धनगर बनाउने अभियान स्व्रोरूप दुर्गा टोल विकास समितिका अध्यक्ष राम बहादुर केसी , तिलोत्तमा टोलबिकाश संस्थाका अदक्ष दिल बहादुर बिक लगायत अन्य धेरै व्यक्तिहरुको सहभागिता थियो । टोलमा थालनी गरेको यो कार्यबाट धेरैले प्रसंशा गरेका थिए । भने तत्काल सोस्ता नबनाएकाहरुले समेत आफुले छिट्टै सोस्ता निर्माण गर्ने र फोहर पानी सडकको नालीमा न फ्याक्ने समेत प्रति बढ्ता देखाएका थिए ।

हेरौ सम्बन्धित भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend