साझा नेटवर्क
काठमाडौँ, बैशाख २२ ।
नब गायक तथा मिठो स्वरका धनि गायक सन्जिब बस्नेतको नया गित “ठोक्किएछ यो मेरो मन बुट्टे चोलीमा,जादु रैछ, जादु रैछ ज्यानै लुट्ने तिम्रो बोलीमा” को म्युजिक भिडियो सार्बजनिक भएको छ । छोटो समयमा धेरै चर्चा बटुल्दै गरेका तथा विभिन्न मेला महोत्सबमा ब्यस्त बन्दै गएका नब गायक सन्जिब बस्नेतको सेलो बिटमा रहेको गित “बुट्टे चोलीमा” लाखौ संगीत प्रेमीहरुको जिब्रोमा झुण्डिन सफल भएको छ ।
बिनोद बन्जाराको शब्द तथा रमेश श्रेष्ठको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई संचारकर्मी सुर्य चन्दले निर्देशन गरेका छन । कोरियोग्राफर राजन शाहीले कोरियोग्राफी गरेको यस म्युजिक भिडियोलाई सोहन मानन्धरले छायांकन तथा सम्पदान गरेका हुन ।
दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल संजय राज बिक्रम, बिपना श्रेष्ठ, सुष्मा कार्की, गायक सन्जिब बस्नेत तथा सुर्य चन्दको बेजोड अभिनय रहेको यस म्युजिक भिडियोलाइ बुढासुब्बा म्युजिकले युट्युब मार्फत बजारमा लिएर आएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend