logo
  • शुक्रबार, असोज ९ २०८३

गायक खड्काले किन भन्दैछन “मर्नै मन लाउनी” (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कुमार “अविरल” पन्थी ।
नेपाली साँगीतिक क्षेत्रमा छोटो समयमा छुट्टै पहिचान बनाएको बसन्त फिल्मस् प्रा.लि.ले विभिन्न गितहरु बजारमा पस्कीरहेको छ । यसै क्रममा यदुराम सापकोटाको नयाँ साँगितिक भेट लोक दोहोरी एल्बम “मर्नै मन लाउनी” सार्वजनिक गरेको छ ।
surya
नेपाली साँगितिक बजारमा माया प्रेम, उताउला र ठट्यौली पाराका गितहरु तयार हुने क्रम तीव्र रुपमा बढिरहेको समयमा सापकोटाले प्रेम कथामा आधारित “मर्नै मन लाउनी” नामक एल्बम युटुब मार्फत सार्बजनिक गरेका हुन । “मर्नै मन लाउनी” बोलको गीतमा लोक तथा दोहोरी गायक सुर्य खड्का र गायिका देवी घर्ति ढकालले स्वर दिएका छन ।

विगत केहि वर्ष देखि जापानमा कार्यरत खड्का साँगितिक कार्यक्रमका सिलसिलामा विभिन्न देशहरुमा समेत आफ्नो प्रस्तुतिले श्रोताहरुको मन जितिसकेका छन । गत वर्ष वसन्त फिल्मस् प्रा.लि दोहा कताले आयोजना गरेको बृहत सास्कृतिक कार्यक्रममा आफ्नो दमदार प्रस्तुतिले कतारमा रहेका नेपालीहरुलाई नचाएका थिए ।

गायक खड्काले थुप्रै गीतहरुमा आफ्नो जादुमय स्वर दिईसकेका छन । कहिले प्रदेशीको कहानी त कहिले रोधी घरको झल्को मेटाउने गायक खड्काले पछिल्लो समयमा प्रेम कथामा आधारित गीत “मर्नै मन लाउनी” बजारमा ल्याएका हुन ।

उक्त गीतमा लय तथा शब्द यदुराम सापकोटा रहेको छ । बसन्त फिल्मस प्रा.लि.ले बजार ब्यबस्थापन गरेको गितको भिडियोलाई छायांकन तथा निर्देशन विनोद भण्डारीले गरेका छन् । भिडियोमा यदुराम र दिपाले अभिनय गरेका छन । जापानका विभिन्न सुन्दर ठाउहरुमा छायाँकन गरिएको भिडियोमा बिष्णु सुवेदी निशानको सम्पादन रहेको छ ।


हेर्नुहोस गीतको भिडियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend