logo
  • आइतबार, असोज ११ २०८३

युवा बिधार्थी नेताद्वारा बिधालयलाई खेलकुद सामाग्री


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

दिपेन्द्र श्रेष्ठ , अर्घाखाँची  बैशाख २०।
बिधालय स्तरबाटै खेलकुदको बिकाश र महत्व बढाउने उदेश्यले सोमबार जिल्लाको छत्रदेब गाउपालिका वार्ड नं ७ भगवती तारुभतेरामा रहेको श्री जनकल्याण माध्यामिक बिधालयलाई  खेलकुद सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
नेपाल बिधार्थी संघका पुर्व केन्द्रीय सदस्य बिधार्थी युवा नेता शिब पाण्डेले बिधालयलाई फुटबल ,टेबलटेनिस ,भलिबल लगाएतका खेलकुद सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।पाण्डेले बुद्धजयन्तिको अबसर पारेर एक अनौपचारिक कार्यक्रम आयोजना गर्दै उक्त कार्यक्रमकाबीच विधालयका स-प्राचार्य बुद्धिराम भुसाल ,ब्याबस्थापन समितिका अधक्ष्य हरि पाण्डे लगाएतका स्थानीय सामाजिक ब्याक्तित्व तथा स्थानीयहरुको उपस्थितिमा खेलकुद सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।छत्रदेब वार्ड नं ७ भगवतिमै  पिता समाजसेबी तथा शिक्षक नारायण प्रसाद पाण्डे र माता लक्ष्मीका कोखबाट जन्म लिनुभएका बिधार्थी नेता पाण्डे अहिले २९ बर्षका हुनुभयो |आफ्नो बाल्यकालको पढाइ सोहि बिधालय बाटै पार गर्दै हाल उहा अध्यानकै शिलशिलामा काठमाडौंमा रही स्नानोकोत्तर गर्दै पछिल्लो समय कुखुरा फर्म ,बाख्रा फर्म ,कृषि फर्म जस्ता उत्पादनशील ब्याबशायबाट अरुलाई समेत रोजगारी प्रधान गर्दै आफुले पनि मनग्य आम्दानि गर्नुभएको पाण्डेले बताए ।

नेपाल प्रजातान्त्रिक बिधार्थी संगठनका केन्द्रिय अधक्ष्य रहनुभएका पाण्डे सानै उमेरमा नै अन्य बिभिन्न सामाजिक संघ सस्थाहरुमा समेत आबद्ध हुनुहुन्छ |सानैदेखि आफ्ना बाबु नारायण प्रसाद पाण्डेले सामाजिक क्षेत्रमा गरेको सामाजसेवाबाट अभिप्रेरित बनेका पाण्डे आफु समाजसेवा ,खेलकुद ,राजनीति तर्फ सानैदेखि रुचिरहेको  बताए  ।

खेलकुद सामग्रीहरु हस्तान्तरण गर्दै पाण्डेले खेलकुदले बिधार्थीको शारीरिक स्वास्थ्यका साथै मानाषिक रुपमा समेत स्वस्थ राख्न मद्धत पुर्याउने हुदा बिधार्थिहरुको अध्यान सँगसंगै खेलकुदमा पनि ध्यान पुर्याउन आग्रह गर्दै उक्त खेलकुद सामाग्रीले बिधार्थीहरु लाभाम्बित हुने कुरा शिक्षकहरु सामु आशा ब्याक्त गरे । आफुले पढेको बिधालयलाई यसरि खेलकुद सामाग्रीहरु हस्तान्तरण गर्न पाउदा आफुलाई निकै खुशी लागेको पाण्डे बताए  ।

सामाजिक कामहरुमा निकै रुची राख्ने बिधार्थी नेता पाण्डेका अनुसार अबको केहि समयपछी क्रमस वार्ड ,गाउँपालिका गर्दै जिल्लाका सम्पूर्ण बिधालयहरुलाई खुलकुद तथा रचनात्मक क्रियाकलापका सामाग्रीहरु हस्तान्तरण गर्ने लक्ष्य रहेको  समाजसेबी ,युवा बिधार्थी नेता शिब पाण्डे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend