logo
  • आइतबार, असोज ११ २०८३

सबल नेपाल साप्ताहिकको वार्षिकउत्सव वृद्धाश्रममा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क , बुटवल  बैशाख २० ।
सबल नेपाल मिडिया प्रालीद्वारा प्रकाशित सबल नेपाल साप्ताहिकले आफ्नो छैठौं वार्षिकउत्सव मनाएको छ ।पत्रिकाले भैरहवाको शान्तिनगरस्थित श्री सत्य साई सेवा वृद्धाश्रममा रहनुभएका करिब १८ जना बुवा आमालाई खाजा खुवाई खाद्यान्न सहयोग गरी वार्षिकउत्सव मनाएको हो । सहयोग हस्तानतरण कार्यक्रमका प्रमुख अतिथी श्री सत्य साई सेवा वृद्धाश्रमका अध्यक्ष माया खरेलले पत्रिकाको वार्षिकउत्सवको शुभकामना दिंदै आश्रममा गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यस्ता कार्यमा लागिरहने प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेकी थिइन ।
२०६८ सालबाट मासिक अंक शुरु गरेको पत्रिकाले दोस्रो वर्ष प्रवेशसंगै साप्ताहिक अंक प्रकाशन गरी हालसम्म निरन्तर प्रकाशन हुंदै आएको छ । विगतका वर्षहरुमा अन्य कार्यक्रम रिंदै आएकोे र सामाजिक उत्तरदायित्व वहन गर्दै यस वर्ष सामाजिक क्षेत्रमा सहयोग गरेको पत्रिकाका प्रधान सम्पादक अमृत पाण्डेयले जानकारी दिनुभयो । साथै पत्रिकाले प्रत्येक वर्ष एक जना पत्रकारलाई सबल नेपाल युवा पत्रकारिता पुरस्कारबाट पनि सम्मानित गर्दै आएको छ ।

यस वर्ष एक समारोहका बीच पुरस्कृत गरिने पत्रिकाका सम्पादक सन्जु पौडेलले बताउनुभयो । सबल नेपाल मिडिया प्रालीले २०७४ देखि सबल पोष्ट अनलाईन पत्रिका समेत संचालनमा ल्याएको छ। पत्रिकाले २०७२ सालबाट शुरु गरेको अन्तरमिडिया कप फुटसल प्रतियोगिता लाई यस वर्ष पनि निरन्तरता दिईने छ ।

पत्रिकाका प्रधान सम्पादक अमृत पाण्डेयको अध्यक्षता रहेको कार्यक्रममा पत्रिकाका संवाददाताहरु झविन्द्र भण्डारी, प्रकाश न्यौपाने लगायत श्री सत्य साई सेवा संगठन प्रदेश न. ५ का सह युवा संयोजक योगेश गौतम, साई युवा सीमा गुरुङ लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend