logo
  • शुक्रबार, असोज ९ २०८३

रबि लामीछानेलाई देश निकाला गर्नु पर्छ भन्ने हरुको लागी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क , काठमाडौँ बैशाख १७ ।
संस्थागत भ्रष्टाचार,कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि,अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने लक्ष्यका साथ अघि बढिरहेको धुर्मस–सुन्तली लगायत अहिले रबि लामिछाने पनि यस अभियानमा जोडिएका छन् । पछिल्लो समयमा उनले गरेका काम हरुलाई मध्य नजर राख्दै उनि लाखौ नेपाली हरुका ढुक ढुकी बनेका छन ।

विगतका दिनहरुमा रवि लामीछाने, प्रेम बानियाँ,अष्टमी गुरुङ, धुर्मुस सुन्तली र कुलमान   घिसिङ बारेमा गायक नीलमणिले हरेक नेपाली हरुको मन छुने गित गाएर सबै नेपाली हरुको मन जितेका थिए । उहाँको सृजनाहरुलाई लाखौँ लाख् दर्शक महानुभावहरुले अत्याधिक मन पराएका  थिए ।

आज विभिन्न अनलाइन मिडिया र युट्युब च्यानलहरुमा रवि लामीछाने लाई देश निकाला गर्नुपर्छ भनेर केही भुसुण्डाहरुको धावा समाचारले फेरी एक चोटी झस्काईदिएको छ। देशमा भ्रष्टाचार,अनियमितता,तस्करी कालोबजारी र बलात्कार जस्ता अत्यन्तै अपराधिक घटनाहरुलाई अन्त्य गर्नका लागि अहोरात्र खटिएका एक निडर र ईमान्दार पत्रकार रवि लामीछानेका बारेमा आगामी दिनमा धावा दिँदै बोल्ने मौका कसैले नपाउन् भन्नका निमित्त यो गीत् बनाएको छु भन्दै गायक नीलमणि भण्डारी भन्छन  ।

हेरौ उक्त भिडियोमा रबिछानेलाइ समर्पित यो गित

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend