साझा नेटवर्क
हिम शिखर , गुल्मी, बैशाख १६। धुर्कोट गाउँपालिका -२ पिपलधारा का वैदेशिक रोजगारीमा रहेका युवाहरू द्वारा संचालित सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्व संजाल गुल्मी को नव वर्ष शुभकामना आदानप्रदान तथा २०७५ सालको क्यालेन्डर विमोचन तथा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय समिति का अध्यक्ष राम बहादुर खड्का को अध्यक्षता , धुर्कोट गाउँपालिका का स्वास्थ्य इन्चार्ज प्रेम खनाल को प्रमुख आतिथ्य र सोही वडा का सचीव सुर्य खनालको विशेष आतिथ्य रहेको उक्त कार्यक्रम मा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु , विभिन्न विद्यालयका प्र.अ र शिक्षकहरु , स्वयंसेविकाहरु , बुद्धजिवी , समाजसेवि लगायत सोही संस्थाका स्थानीय पदाधिकारीहरु र विभिन्न उपसमिति का पदाधिकारीहरु को उपस्थिति रहेको थियो ।
विगत चार वर्ष देखि अनवरतरुपमा पिपलधारा को चौतर्फी विकासमा उल्लेखनीय कार्यगर्दै आएको उक्त संस्थाले हरेक वर्ष जस्तै यसपालि पनि कोहि नछुटुन , कोहि नदोहोरिउन भन्दै साविक का प्रत्येक वडा का घर धुरीमा आफ्ना क्यालेन्डर पुर्याउन स्वास्थ्य स्वयंसेविकाहरु सँग सहकार्यगरि क्यालेन्डर वितरण गरेको छ ।
उक्त संस्थाले आफ्ना क्यालेन्डरहरु छिमेकी वडाहरु हाडहाडे , सोमरहोमर , नयाँ गाउँ , अर्घाखाँची मरेङको डाडाकटेरी र मालारानी गाउँमालिका खनदह मा समेत क्यालेन्डर वितरण गरेको छ । धुर्कोट गाउँपालिका २ पिपलधारा को स्वास्थ्य चौकी को सभाहल मा भएको उक्त कार्यक्रम को संचालन संस्थाका स्थानीय समिति का सचिब नरेन्द्र थापाले गर्नु भएको थियो ।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend