साझा नेटवर्क
साझा नेटवर्क , काठमाडौँ बैशाख १६ l
नायक तथा ग्लोबल नेपाली फिल्म अमेरिकाका अधक्ष्य नबराज श्रेष्ठ अभिनित बहु प्रतिक्षित नया म्युजिक भिडियो “मेरी प्रियसीलाई” सार्बजनिक छ l
शब्द तथा संगीत बरिष्ट संगीतकार मधुकर लोहोनीको रहेको यस गीतमा गायक मनोज राइको सुमधुर आवाज रहेको छ l सुरेन्द्र मान सिंह र केदार उप्रेतीले संयुक्त रुपमा निर्देशन गरेको यस म्युजिक भिडियोलाइ निर्देशक सुरेन्द्र मान सिंहले छायांकन गरेका छन भने संगीत संयोजन जीवन प्रकाश प्रधानको रहेको छ l
माईनस १८ डिग्रिको चिसो मौसममा कोलोराडो शहरको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको प्रतिक्षित म्युजिक भिडियोमा नायक नबराज श्रेष्ठको साथमा नायिका बिनिता बराल, अमेरिकन मोडल एलिक्स र केदार उप्रेतीको अभिनय रहेको छ l
चलचित्र कलाकार संघ नर्थ अमेरिका च्याप्टरका अधक्ष्य समेत रहेका नायक नबराज भर्सटाइल नायकको रुपमा परिचित छन l भिडियो हेर्नुहोस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend