साझा नेटवर्क
टोपलाल अर्याल , गुल्मी बैशाख १५ ।
मालिका गाउपालिक ५ को छापहिलेमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको छ । स्वास्थ उपचारका लागि घमिर, अर्जे तथा इस्मा पुग्ने स्थानीयहरुको समस्यालाई मध्येनजर गर्दै सामुदायिक स्वास्थ्य इकाई स्थापना गरि सेवा संचालन गरिएको हो ।
सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गाउँपालिका अध्यक्ष रित बहादुर थापाले गरे । स्वास्थ्य इकाइको उद्घाटन गर्दै थापाले स्थानीय सरकार जनताको आधारभुत स्वास्थ्य सेवा प्रती संबेदनसिल भएकाले बिस्तारै काम गरिने बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवा अर्याल, प्रवक्ता शोभाखर गिरि, विभिन्न राजनैतिक दल र संघ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको छापहिले स्रोता क्लबका संयोजक देविराम गिरिले बताए ।
सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएको पहिलो दिननै २० जनाको स्वास्थ्य परिक्षण गरिएको गाउपालिकाका स्वास्थ्य संयोजक वसन्त भुसालले बताए । कार्यक्रम मालिका गाउँपालिका वडा न ५ का वडाअध्यक्ष श्यामलाल गिरिको अध्यक्षता, छापहिले स्वास्थ्यचौकी प्रमुख तिलक बिष्टको स्वागत तथा स्वास्थ्य संयोजक भुसालको संचालनमा सम्पन्न भएको थियो ।
त्यस्तै मालिका गाउपालिका २ को दर्लिङमा बर्थिङ सेन्टर स्थापना गरिएको छ ।सेन्टरको गाउपालिका अध्यक्ष रित बहादुर थापाले उद्घाटन गरे । बर्थिङ सेन्टर संचालनमा आएपछि स्थानीय खुसी भएको दर्लिङ स्रोता क्लब सयोजक पुनाराम अर्यालले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवा अर्याल, प्रवक्ता शोभाखर गिरि, वडाअध्यक्ष युद्धवीर घर्ती, वडा न ५ का वडाअध्यक्ष श्यामलाल गिरि, गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्त भुसाल, दर्लिङ स्वास्थ्यचौकी प्रमुख ओम बहादुर भण्डारी, शिक्षक खिमलाल अर्याल लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend