साझा नेटवर्क
अनिल खत्री , गुल्मी बैशाख १२ ।
जिल्ला युवा समितिको कार्यालय गुल्मीले उद्यमी युवाहरुलाई परामर्श सेवा प्रदान गरेको छ । आफ्नो वार्षिक युवा परामर्श कार्यक्रम अन्तर्गत नेतृत्व विकास र संस्था संचालन विषयमा रुरु गाउँपालिका र छत्रकोट गाउंपालिकाका १६ देखी ४० उमेर समूह भित्रका २५ जना युवालाई परामर्श प्रदान गरेको हो ।
छत्रकोट गाउँपालिकाको भेडुवामा आयोजीत कार्यक्रममा कोही उद्यम गरीरहेका बेरोजगार युवाहरु सहभागी थिए । सहभागी युवाहरुले स्थानीय निकायसंग समन्वय गरी आफुहरु गाउँमै उद्यम संचालन गर्ने विषयमा सकारात्मक रहेको धारणा राखेका थिए । कार्यक्रमम जिल्ला युवा समिति अध्यक्ष राजेन्द्र विक्रम कुँवर,कार्यालय प्रमुख लोकनाथ मरासिनी र छज्ञकोट गाउँ पालिकाका विद्यालय निरीक्षक विष्णु ज्ञवालीले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष नर्मदा भण्डारीले छत्रकोट गाउँपालिकाले युवा लक्षित विभिन्न कार्यक्रम संचालनमा ल्याएको बताइन् । गाउँपालिकाले कृषकहरुका लागि पेन्सनको व्यवस्था गर्ने भनेर त्यसको तयारीमा आफुहरु लागिरहेको पनि जानकारी गराइन् । कुखुरा पालन,बंगुर पालन लगायतका विभिन्न विषयमा युवाहरुलाई तालिम प्रदान गरएिको र युवाहरुको मागका आधारमा अन्य शिषृकमा पनि तालिम संचालन गर्ने सक्ने उनले वताइन् ।
जिल्ला य्वा समिति गुल्मीका अध्यक्ष राजेन्द्र विक्रम कुवँरले युवाले माग नगर्ने र सरकारले लक्षित समूह नभेटाउने परीपाटीले गर्दा हरेक बर्ष विकासमा नाममा आएको करोडौ रकम फ्रिज भएर जाने गरेको कुरा औल्याए । स्थानीयर सरकार स्थापना भैसकेको यो समयमा युवाहरुले आफ्नो ठाँउ अनुकुलका कार्यक्रमको माग गर्ने बताए ।
उनले त्यसलाई कार्यान्वयन गर्ने र स्थानीय सरकारको काम कार्वाहीमा सहयोग पु¥याउन पर्नेमा जोड दिए । अरुको मातहतमा रहेर जागीर खान तयार हुने तर आफु स्वयं उद्यम गरेर बस्ने कुरामा युवा हच्कचीने व्यवहारले गर्दा समस्या परेको उल्लेख गरे । स्वदेशमै आत्मनिभृर भै देशको अर्थतन्त्रमा टेवा पु¥याउने र विदेशिन लागेका युवालाई रोक्ने मुख्य उद्येश्य यस समितिको रहेको बताए ।
हरेक वेरोजगार युवालाई उद्यमी बनाई हरेक वर्ष विदेश पलायन हुने शक्ति र सामथ्र्यलाई स्वदेशमै लगानी गर्नुपर्नेमा उनको जोड थियो । कार्याक्रम कार्यालयकी नासु संजीवनी अर्यालले सहजीकरण गरेकी थिइन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend