साझा नेटवर्क
काठमाडौ, बैशाख १२।
नेपाली संगीतको बजार ठुलो छैन तर सङ्ख्याको कुरा गर्ने हो भने यहाँ रेकर्डेड आर्टिस्ट हजारौको सङ्ख्यामा छन । संगीतमा पनि टेर्न्ड चलेको छ आफ्नो आफ्नो गायन शैली र प्रयोग बाट पपुलर हुन खोज्ने नि धेरै छन ।

कल्पना गर्नुहोस् त बोलीचालीको शब्दलाई गित बनाउदा कस्तो सुनियला । यस्तै एउटा प्रयास गरेका छन गायक रमेश कुमार श्रेष्ठले बोल्दा प्रयोग गरिने शब्द सक्किगो नि त लाई गित बनाएर गरेर उनले नयाँ प्रयोग गरेका छ्न ।
यो गितको भिडियोमा कृष्ण कुमार राईको शब्द संगीत सुन्न पाइन्छ भने गीतिको भिडियोलाई निश्चल के.सी.लेनिर्देशन तथा कोरियोग्राफी गरेका हुन । छायांकनभने मुकेश हुमागाईले गरेका हुन । भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका छन् ।
कलाकार रक्षा श्रेष्ठ र नायक एवं मोडल राजु श्रेष्ठको र बिवेक सिवाकोटीको अभिनय यो गीतको भिडियोमा हेर्न सकिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend