साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी वैशाख १२।
गुल्मीको धुर्कोट गाउँपालिका ३ हाडहाडे सोमरभोमरमा गएराती आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागीमा ६० बर्षिय कृष्ण बहादुर पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिए ।
सोमबार राती ११ बजे सल्किएको आगोले घर गोठ र अन्नपात पूर्ण रुपमा जलेर नष्ट भएको चौधरीले बताए । पुनको एउटा भैसी समेत मरेको छ । खाना पकाएर रहेको आगो घरमा सल्किएको थियो ।
स्थानीयको सक्रियतामा राती नै आगो नियन्त्रणमा आएको घटना स्थल पुगेका नयाँगाउँ प्रहरीचौकीका प्रहरी सहायक निरिक्षक शिवनाथ यादवले बताए ।
सुस्त मनस्थिती भएका पुन घरमा एक्लै बस्दै आएका थिए । अहिले इलाका प्रहरीचौकी पुर्कोटदहबाट प्रहरी नायव निरिक्षक अशोक श्रीवास्तव सहितको टोली घटना स्थल तर्फ लागेको छ
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend