साझा नेटवर्क
साझा नेटवर्क , बुटवल बैशाख १२ l
सामान्य परिवारमा जन्मिएर संघर्ष संगै दिनहरु बितिरहेका थिए , बाग्लुङ्ग जन्मिए पनि बुटवललाई कर्मथलो बनेको थियो समिर बिष्णुको l
बुटवलमा कोठा भाडा गरेर बस्नु र दिन चर्या अघि बढाउन मुस्किल मुस्किल परेपनि बाबा भारतीय सेनामा कार्यरत हुनुहुन्थियो त्यसैले पनि रातपछि दिन आउछ भन्ने झिनो आशा बोकेर जिन्दगीको यात्रा अघि बढी रहेकै थियो l समिर घरको जेठो छोरो भएकोले पनि घरव्यवहार धान्नु पर्ने जिम्मेवारी बोकेर काम गर्नु पर्ने थियो l
बाबा डीबी खत्री भारतीय सेनामा कार्यरत रहदा समेत पटक पटक घरमा फोन गर्ने र दुख पछि सुख आउछ भनेर हौशला दिने गर्नुहुन्थियो रे तर देबको खेल भनौ या अघिल्लो जुनीको सजाए परिवार भित्र रहेको खुसि बर्सौ टिक्न सकेन l
एकदिनको कुरा हो इंडिया देखि बाबाले समिरलाई फोन गर्नु भयो र आफुले पल्टनमा बिदा मिलाएको र ३ दिन पछि नेपाल आएर घर परिवार बसेर रमाइलो गर्नुपर्छ भन्नु खबर सुनाउनु भयो , परिवारमा पनि हर्सौल्लास बढेको थियो l
बाबाको आफु रेल चढेर घर हिडेको फोन आयो र भन्नु भो ” बाबु म नेपाल हिडे मेरो केहि चिन्ता लिनु पर्दिन नेपाल पुगेपछि फोन गर्छु ” तर बाबा नेपाल आउनुहुञ्छ र बाबाको फोन आउछ भनेर कुर्दा कुर्दै दिन बिते रात बिते, हप्ता , महिना गर्दै बर्सौ बित्यो तर बाबाको फोन आएन l
परिवार भित्रको खुसि पलभरमै लथालिङ्ग र भताभुङ्ग भयो l भारतीय सरकारले ठाउँ ठाउमा खोज्यो तर नत लास नत सास केहि दिन सकेन, नेपाल सरकारलाई पनि यो घटनाको बारेमा जानकारी नभएको होइन तर सुनेर पनि नसुने जस्तो गर्यो कुनै पहल गरेन अन्तत आफ्नो कथा व्यथा सुनाउने र हराएको बाबालाई खोज्ने एउटा झिनो आशा अविरल फिल्मस्ले जगायो र सोहि कथा व्यथा समेटेर बाबा खोज्ने माध्यम बन्यो l
” फर्की आउनुस बाबा” जसमा समिर बिष्णु खत्रीको आफ्नै शब्द , स्वर र लय रहेको छ भने सागर विरहीको एरेन्ज रहेको छ ल बिष्णु भट्टराईको निर्देशन छायांकन र सम्पादन संगै एउटा भिडियोले मुर्त रुप पायो जसमा कुलचन्द्र पुरीले हराएको बाबाको भूमिका निर्बाह गरेकाछन् भने कृष्ण बाबु , राजु खत्री लगायतको महत्व पूर्ण भूमीक भिडियोमा रहेको छ l सगुन शर्माले श्रीन्गार गरेको भिडियोको दृश्य निर्माण अविरल फिल्मस्ले गरेको छ l
यो गीत संगै बाबा भेटिने आशा बोकेर बसेका समिर बिष्णुले आफ्नै बाबा संग सम्बन्धित शब्द कोरेकाछ्न साथै यो गीतलाई अन्य गीत संग तुलना नगरिदिनुहोला मेरो बाबा भेटाउने मध्यम यहि गीत भएको हुनाले सबैले सेयर गरिदिएर सहयोग गरिदिनुहोला भन्ने पनि आग्रह छ l
सार्बजनिक भिडियोमा हराएका बाबाको पूर्ण विवरण प्रस्तुत गरिएय्को छ यदि कसैले बाबालाई भेटाएमा ७ लाख नेपाली रुपैया सहित सम्मान गरिने कुरा छोरा समिर बिष्णु खत्रीले सार्बजनिक गरेका छन् हेरौ सार्बजनिक भिडियो
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend