logo
  • शुक्रबार, असोज ९ २०८३

गायक सिताराम पोखरेलको “स्वार्थ तिम्रो” म्युजिक भिडियो सार्बजनिक ( भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुर्य चन्द , काठमाडौँ बैशाख १२ l
सुप्रसिद्द गायक सिताराम पोखरेल नेपालि सांगीतिक आकासमा नौलो नाम होइन l सयौ गीतहरुमा आफ्नो सुमधुर आवाज भरि सकेका चर्चित गायक सिताराम पोखरेलले आफ्नो १७ औ म्युजिक भिडियो एक पत्रकार सम्मेलन गरेर सार्बजानिक गरेका छन् l
रमेश अधिकारीको शब्द तथा कर्ण राज कार्कीको संगीत रहेको यस गीतमा गायक सिताराम पोखरेलको सुमधुर आवाज रहेको छ l चर्चित मोडल तथा नायिका अनु शाह, गायक सिताराम पोखरेल, नायक सुबास पराजुली, अर्जुन गौतम तथा बाल कलाकार प्रांस तिवारीको बेजोड अभिनय रहेको यस म्युजिक भिडियोलाइ निर्देशक जनकदिप पराजुलीले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीले छायांकन गरेका हुन l
सदाबहार गित “आखाको नानि हौ तिमि” भन्ने गित गाएर चर्चाको शिखरमा बस्न सफल तथा दर्जनौ हिट तथा सदाबहार गित गाएर नेपाली दर्शक तथा श्रोताहरुको मन मुटुमा बस्न सफल बरिष्ट गायक सिताराम पोखरेल २०४४ साल देखि निरन्तर सांगीतिक फाटमा लागेर एक सय पचास भन्दा बेसी सुमधुर गीतमा आफ्नो आवाज भरि सकेका छन l
निरन्तर संगीत सधानामा नै लागेर उनले नेपालमा मात्र नभएर देश बिदेशमा समेत चर्चा कमाइ सकेका छन l गायन संग संगै सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएका पोखरेल दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान बाट समेत सम्मानित भएका छन l
सगरमाथाको फेदी सोलुखुम्बु, खोटांग देखि अमेरिका,सिंगापुर, मलेसियामा सम्मान ग्रहण गरेका पोखरेलले नेपाल पत्रकार महासंघ पर्सा, लाइन्स क्लब अफ पोखरा, लेखनाथ ज्यासिस, नेपाल भारत मैत्री संघ बाके, भानु कला केन्द्र बिराटनगर, पुर्बाञ्चल संगीत कलाकार संघ बिराटनगर, राष्ट्रिय गायन सम्मान, राष्ट्रिय नागरिक सेवा सम्मान लगायत अन्य धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान पाईसकेका छन l गायन संगै समाजसेवामा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएका गायक पोखरेल मिजाशिला व्यक्तित्वका धनि पनि छन l भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend