logo
  • आइतबार, असोज ११ २०८३

३६ सयको बिमाबाट ११ लाखको भुक्तानी


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल , गुल्मी बैशाख १०।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले बीमा वापतको मृत्युदाबी रकम हस्तान्तरण गरेको छ ।

इश्मा गाँउ पालिका साविकको दर्लामचौर ७ का वाले वि.क. लाई कम्पनीलाई ११ लाखको चेक हस्तान्तरण गरेको छ । उनका छोरा कमल विकले वैदेशिक रोजगारीको लागि कतार जाँदा प्राइम लाइफ इन्स्यारेन्स कम्पनी लिमिटडमा तिन हजार छ सय जम्मा गरी म्यादी जीवन बिमा  गराएका थिए ।
तर कतारमा अचानक बिरामी भई स्वदेश फिर्ता भएलगत्तै उपचारको क्रममा उनको मृत्यु भएको थियो । २०७२ साल कार्तिकमा जीवन बिमा गराएका विकको मृत्युबापत उनका बुबालाई चेक हस्तान्तरण गरिएको हो । लाइफ इन्स्योरेन्स पाल्पा शाखाका शाखा प्रमुख पिताम्बर पाण्डेय तथा गुल्मी शाखाका शाखा प्रमुख खिमलाल घिमिरेले चेक हस्तानान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष तोयनाथ सापकोटाले बीमा कम्पनी नेपाल सरकारको मातहत बाट संचालित हुने भएकोले निर्धक्क भएर बीमा गर्न समेत सबैलाई आग्रह गरेका थिए । त्यस्तै पाल्पा शाखाका प्रमुख पिताम्बर पाण्डेयले बीमाले कसैको दुःखमा एउटा भौतिक क्षति गुमाएको पिडामा आर्थिक पक्षबाट सहयोग गर्ने बताए ।

गुल्मी शाखाका प्रमुख खिमलाल घिमिरेले सबै नागरिकलाई राज्यले पनि जीवन बीमाको पहुँचमा ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend