साझा नेटवर्क
अनिल खत्री , गुल्मी बैशाख ८ ।
गुल्मी नेपाल रास्ट्रीय शिक्षक संगठन गुल्मीको १२ औं जिल्ला अधिवेसन जिल्ला सदरमुकाम तम्घासमा सुरु भएको छ ।
शनिवार अधिवेसनको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै प्रदेस साम्सद खड्ग के.सि, प्रमुख अतिथी कमलराज श्रेस्ठ लगाएतका वक्ताहरुले राजनितिक व्यवस्था परिवर्तन भै संघीयता सहितको सविधान कार्यन्वयनको चरणमा देश रहेको भन्दै अवको गन्तव्य बिकास र समृद्धि रहेको बताए ।
उनिहरुले शिक्षाको गुणस्तर बिकासबाट मात्रै देशको बिकास सम्भव रहेकोमा जोड दिएका थिए । सार्वजनिक बिद्यालयको गुणस्तर कमजोर बन्दा गरिवका बालबच्चाले मार खेप्नुपरेको भन्दै बक्ताहरुले देश बनाउने अभियानमा शिक्षकहरु माथी अहम दायित्व रहेकोले सकृय राजनितिमा होइन शिक्षण पेसामा आफ्नो पूरा ध्यान केन्द्रीत गर्नुपर्नेमा सवैको जोड थियो ।
अधिवेसनना जिल्लाका विभिन्न शिक्षण सस्थाबाट ३५० भन्दा बढी शिक्षक प्रतिनिधिहरु सहभागी भैरहेका छन । अधिवेसन नयाँ नेतृत्व चयन गरि सम्पन्न हुने आयोजक श्रोतले जनाएको छ। नेपाल रास्ट्रीय शिक्षक संगठनमा आवद्ध शिक्षकहरुले आ(आफ्नो शिक्षण सस्था मार्फत शिक्षाको गुणस्तर अभियानको तत्काल थालनी गर्नुपर्नेमा वक्ताहरुको जोड थियो ।
संगठनका जिल्ला अध्यक्ष रोहित भण्डारिको अध्यक्षतामा सुरु भएको अधिवेसनको ५ नम्बर प्रदेश सभाका सदस्य कमलराज श्रेस्ठले उद्घाटन गरेका हुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend