logo
  • आइतबार, असोज ११ २०८३

नर्सिङ डाइरेक्टर तथा मोडल सिर्जना महत सम्मानित


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सुर्य चन्द , काठमाडौँ बैशाख ८ ।
“नयाँ बर्ष नयाँ सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली नयाँ  बर्षको पूर्व सन्ध्यामा सुरु गरिएको भक्तपुरमा चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५ को समापनको दिन बैसाख ५ गते सहिद मेमोरियल हस्पिटलको नर्सिङ डाइरेक्टर, स्वास्थ्यकर्मी तथा समाजसेवी सिर्जना महत सम्मानित भएकी छिन ।
उक्त महोत्सब भक्तपुरको सल्लाघारी स्थित तिनकुने चौरमा भएको थियो । स्वास्थ्य तथा सामाजिक कार्यमा देश तथा सामाजिक क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानलाई कदर गर्दै नर्सिङ डाइरेक्टर सिर्जना महतलाइ सम्मानित गरिएको थियो । प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाको मेयर बासुदेब थापा तथा औधोगिक शान्ति नेपाल सस्थाका अधक्ष्य सन्दिप महतले उनलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गर्दै सम्मानित गरेका थिए l
नर्सिङ डाइरेक्टर सिर्जना महत, नर्सिङ डाइरेक्टर, स्वास्थ्यकर्मी तथा समाजसेवी मात्र नभएर एक मोडलको रुपमा पनि चर्चित छिन । सुपर प्लस साइज मोडल २०१८ को सेकेण्ड रनर भए संगै उनि चर्चामा आएकी हुन । आफ्नो पेशा संगै संगै स्वास्थ्य शिक्षा तथा सामाजिक क्षेत्रमा उनले खेलेको भूमिकालाई उच्च मुल्यांकन गर्दै चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५ मा उनलाई बिसेष सम्मान प्रदान गरिएको थियो ।

लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्था र मध्यपुर ब्वाइज ब्याण्ड नेपाल सस्थाको संयुक्त आयोजनामा भक्तपुरमा चौथो पटक चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५ आयोजना गरिएको थियो ।

भक्तपुर आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृदि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र भक्तपुरलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मेलाको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend