साझा नेटवर्क
अनिल खत्री, गुल्मी बैशाख ६ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट मन्त्री बनेपछी पहिलो पटक गृह जिल्ला गुल्मीमा भएका बिभिन्न कार्यक्रममा सरिक भएका छन् ।
मन्त्री बनेपछी बिष्ट आफनो निर्वाचन क्षेत्रमा भएका बिभिन्न कार्यक्रमहरुमा सरिक हुनु पूर्व आफ्नी बृद्धा ८७ वर्षिय आमा चिन्ताकला बिष्टको आर्शिवाद लिएका थिए । गुल्मी जिल्लाको क्षेत्र नं. २ बाट निर्वाचित मन्त्री बिष्ट निर्वाचन क्षेत्रमा एकै दिन आदा दर्जन वढि कार्यक्रमहरु सरिक भए । कार्यक्रको लागि बुधवार बिहान जिल्ला सदरमुकाम तम्घासबाट मन्त्री बिष्ट आफनो जन्म घर इस्मा गाउँपालिका पुगे ।
सर्ब प्रथम उनले आफनो बृद्ध आमालाई भेटे सुरुमै उनले भने आमा सन्चै हुनुन्छ भन्दै ढोगे । आमाले पनि आर्शिवाद दिँदै राम्रो भएको छ अझै राम्रो बन्न भन्दै आर्शिवाद दिइन् । धेरै कार्यक्रममा पुग्नु पर्ने भएसँगै धेरै बेर बस्न भ्याएनन् । उनिसँगै पाल्पाका प्रदेश संसद पुरन बज्रचार्य, गुल्मीबाट प्रदेश संसद, खड्ग केसी, जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुली,सहायक प्रमुख जिल्ला अधिकारी कौशल शर्मा, प्रहरी प्रमुख अनुरागकुमार द्धिबेदी, शसस्त्र प्रहरी प्रमुख प्रेमप्रकाश सिग्देल, समन्वय समिति अधिकारी कल्पना श्रेष्ठ लगायत पत्रकारहरुको थिए ।
कार्यक्रम पुग्ने समय पूर्व बिहानको खाना खाने समय भएको थियो मन्त्री बिष्टको घरमै सबै आतिथिहरुले खाना खाए । समय निकै चाप भएकाले मन्त्री बिष्टले कार्यक्रममा जानु पूर्व आमालाई ढोगेर आमा म लागे भनेका थिए । त्यस क्षेण बृद्धा आमाले पुन पहिलेकै आर्शिवाद दोहोराउँदै राम्रो भएको छ राम्रो होउस बावु भन्दै आँखा भरि आसु लिदै चाडै आए भनिन । छारा मन्त्री बनेको आमालाई थाहा रहेछ उनले राम्रो भएको छरे अझै राम्रो होउस भन्दै आखा आसु झारिन् ।
मन्त्री बिष्ट आमाको आखामा हाँसो सहितका आसु देखेर स्तब्ध भएर रोकिए । आमाको पटक पटकको आर्शिवाद र चाडै आए चाडै आए बाहेक अरु शब्द नै आएन तब मन्त्री बिष्टलाई त्यो आमाको आत्मीयताले भावुब बनायो । हिड्नै लाग्दा मन्त्री बिष्टले भने ‘आमा म चाडै आउछु भन्दै कार्यक्रम तिर लागे ।’ सुरुमै मन्त्री बिष्ट आउने भनेपछी ठाउँठाउँमा उनलाई स्वागत गर्ने कार्यक्रमहरु थिए । निकै समयको पावन्धीले थोरै समय दिँदै उनि कार्यक्रम तर्फ लागे ।
बिष्टले बिद्यार्थी भर्ना गर्दै अभिभाकत्व लिए
मन्त्री बिष्टले नयाँ शैक्षिक सत्रको अबसरमा चलेको बिद्यार्थी भना अभियानमा सरिक हुँदै बिद्यार्थीको अभिभाकत्व लिएका छन् । मन्त्री बिष्टले जिल्लाको जिल्लाको इस्मा गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने रामराज्य माबिमा बिद्यार्थी भर्ना गराउँदै एक बिद्यार्थीलाई निशुल्क रुपमा पढाउने जिम्मा लिएका छन् ।
मन्त्री बिष्टले उक्त बिद्यालयमा कक्षा १ मा सचिन परियारलाई भना गराउँदै पढाई खर्च वापत लाग्ने खर्च जिम्मा लिएका हुन् । उनले परियारले पढदा लाग्ने सबै खर्च जिम्मा लिएका बताएका थिए । परियारको आर्थिक अबस्था कम्जोर रहेकाले बिद्यालयमा पढन समेत आउन सकेका थिएन् । बिद्यार्थी भर्नासँगै मन्त्री बिष्टले सोहि वडामै मोटरबाटो उद्घाटन गरे । इस्माबाट पौदीअमराई सम्म खुलेको मोटरबाटोको उद्घाटन गर्दै उक्त मोटरबाटोलाई थप स्तर उन्नती गर्न जोड दिने बताए ।
गाउँपालिकामा सकरात्मको सोचको प्रबचन
इस्मा गाउँपालिका गुल्मीले गाउँपालिकामा पहिलो पटक जनप्रतिनिधी,कर्मचारी र राजनितिक दलका प्रमुखहरुलाई सकरात्मक सोच सम्बन्धी प्रर्शिक्षण सुरु गरेको छ । गाउँपालिका भित्र रहेका बिभिन्न ब्यक्तिहरुको सहभागितामा ‘जीवन र कार्य सम्पादनका लागि रुपान्तरण प्रबिधि’ (छोरीको निम्ती स्वर्णिम नेपाल संकल्प) भन्ने सोचका साथ कार्यक्रम राखिएको गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् ।
मान्छेको जिवनमा हुँने बिभिन्न तावन र नकरात्मक सोचलाई परिर्वतन गर्ने मुख्य उदेश्यले ख्याक्ति प्राप्त प्रर्शिक्षक नरबहादुर कार्कीले प्रर्शिक्षण दिँदै छन् । कार्यक्रमको मन्त्री बिष्टले सुभारम्ब गरेका हुन् । गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा उद्घाटन गर्दै मन्त्री बिष्टले सकरात्मक सोचले समाज परिर्वतनसँगै मान्छेको जिवनमा परिर्वतन ल्याउन सकिने बताए ।
मान्छे र समाज परिर्वतन ल्याउनुमा सकरात्मक सोचको बिकास भए धेरै परिर्वत्न ल्याउन सकिने बताए । उनले यो कार्यक्रमबाट सिकोका जानेका कुराहरु अरु मान्छेलाई बुझाए सुन्दर समाज निर्माण गर्न टेवा पुग्ने बताए । मान्छेले काम गर्ने शिलशिलामा तनाव र नकरात्मक सोच उत्पन्न भई जिवनलाई नै तनाव मय बनाउनुबाट मुत्त बनाउन सकरात्मक सोच राखेर अगाडी बढानुमा कार्याक्रमले टेवा पुर्याउने उपप्रमुख खत्रीले बताइन् । मान्छेको जिवनमा कुनै पनि सोच सहि सकरात्मक राखेर अगाडी बढन आउने खुसीका क्षणहरुलाई यो कार्यक्रमले एउटा उर्जा प्रप्त गर्ने मुख्य उदेश्य रहेको उनले बताइन् ।
‘गाउँमै हजारौ रोजगारी सिर्जना ल्याउछौंः मन्त्री बिष्ट
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सरकार सामाजिक न्याय सहितको समृद्धि प्राप्त गर्न यो सरकार नया ढँगले अगाडी बढ्न चाहेको बताएका छन् । गुल्मीको मुसिकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले कृषि, शिक्षा स्वास्थ्य, रोजगारी लगायतका सामाजिक बिकासका क्षेत्रमा नया ढँगले नीति तथा कार्यक्रम बनाइ जनताको सेवागर्न चाहेको बताए ।
बिष्टले कुनै पनि ब्यक्ति मन्त्री बन्दैमा जनताको जीवन बद्लीन नसक्ने बताउँदै जीवन बदल्न नया ढँगले काम गर्नुपर्ने बताए । ‘एक ब्यक्ति मन्त्री हुँदैमा जनताको जीवन बद्लीदैन’ उनले भने ‘जीवन बदल्न नया ढँगले जीवन बदल्ने अभियान चलाउनु जरुरी छ’। उनले खान नपाएर भोकै बसीरहेको गरीब, दलीत, पीछडीएको परिवारको बिकासको निम्ती अब आधार तयार गर्ने बताए ।
मानचित्रमा गौंरवशाली, सबल र समृद्ध नेपाल बनाउने ऐतिहासिक दायित्व यो सरकारमा आएको भन्दै उनले सो दायित्व पुरा गर्न गर्न सरकार कुनै पनि कदम चाल्न पछि नपर्ने बताए । ‘हामीले पुरानो मानसिकता र मनोबृतिलाइ सच्चाएर पुर्वाधार निर्माण गर्दै गरीबी बेरोजगारलाइ समाधान गर्न नयाँ ढंगले अगाडी बढ्नेछौ’ मन्त्री बिष्टले भने ‘जनताका तमाम समस्या समाधानको निम्नी निश्चित नया निती र कार्यक्रमका साथ अगाडी बढ्ने छौ’।
सरकारले केही समयमै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने बताए । उनले देशमा पर्याप्त रोजगारी सिर्जना गर्ने बताए । ‘अब युवाहरु अरबमा युवाहरु भेडा चराउन पर्देन’ उनले भने ‘गाउँमै हजारौ रोजगारी सिर्जना गरी युवाहरुलाइ देशमै लगाउँछौ’ । मन्त्री बिष्टले गुल्मीका दर्जनौ सडकहरुको स्तरोन्नती गर्दै, प्रत्येक जनताको घरमा केन्द्रिय बिद्युत, हरेक घरमा खानेपानीका धारा, खरका छाना हटाइ सुरक्षित आवास दिन, किसानका खेतमा सिँचाइ लगायतका ब्यबस्था गर्न नया ढँगल अगाडी बढ्न खोजीरहेको बताए ।
मन्त्री बिष्टले चुनावको समयमा आफुहरुले बोलेको कुरा पुरा गर्नबाट पछाडी नहट्ने बताए । ‘जनताको असल सेवकको रुपमा काम गर्ने प्रतिबद्धताका साथ तपाइ सामु आएका छौ’ उनले भने ‘कहिले काँही काम गर्न खोज्दा खोज्दै पनि ढिला हुन सक्छ, तर बिकासका काम गर्न हामी जिम्मेवार छौ’ ।
मन्त्री बिष्टले चुनावमा आफुले बोलेका हरेक कुराहरु आफुले पुरा गरेरै छोड्ने बताए । ‘हामीले बोल्दै जाने बिर्सदै जाने होइन, हामीले बोलेका कुरा, केन्द्र, प्रदेश र स्थानीय सरकार मार्फत पुरा गर्ने छौ’ उनले भने ‘अबको केही बर्षमा हामी अरुले दिएको खाने होइन, गरीब देशहरुलाइ सहयोग गर्न सक्ने बन्नेछौ’ ।
‘हामी राजनीतिक रुपमा फरक हुन सकौला त्यो ठुलो कुरा होइन’, उनले भने ‘ठुलो कुरा त गाँउका जनताको जीवन माथी उठाउनु हो’ । जनताले दिएको बिश्वास डगमगाउन नपाउने गरी काम गर्ने उनले बिश्वस्त तुल्याए ।मन्त्री बिष्टले पाँच बर्षपछि पनि जनताको मनमा रहनेगरी काम गर्न जनप्रतिनिधीहरुलाई निर्देशन दिए ।
जनताका आशा र समस्या काँधमा बोकेका जनप्रतिनिधीहरुको कामले गति नलिएको प्रति गुनासो गर्दै बिष्टले पार्टीलाई भन्दा जनताका कामलाई प्रथामिकता दिन आग्रह गरे । ‘स्थानीय तहको भाग्य र भविष्य कर्मचारी र जनप्रतिनिधिको काँधमा छ,’उनले भने,‘ दुवै पक्षको समन्वय र सामुहिक प्रयत्नमा काम अगाडी बढाउनुस् ।’ बिष्टले स्थानीय तहलाइ अधिकार सप्पन्न बनाउने दुनियाँका सिमित संविधान मध्ये नेपाली संविधान पर्ने बताए ।
पार्टी एकता रोकिदैन्
नेकपा एमाले केन्द्रिय सचिब समेत रहेका मन्त्री बिष्टले दुइ ठुला बाम पार्टीहरु बिच छिट्टैनै पार्टी एकता हुने बताए । ‘पार्टी एकताको बिषयमा कुनै आशंका र निराशा ब्यक्त गर्नुपर्ने आवश्यकता छैन’ मन्त्री बिष्टले भने ‘जुनसुकै हालतमा पनि पार्टी एकता हुन्छ, केही काम बाँकी रहेको कारणले केही ढिला मात्र भएको हो’ ।
वामीमा खुल्यो २५ शैयाको हस्पीटल
गुल्मीको मुसिकोट नगरपालिका वामीमा २५ शैयाको वामी हस्पीटलको सुभारम्ब भएको छ । बिरामी परेर सानो समस्याले पनि पाल्पा बुटवल सम्म पुग्ने भएसँगै वामीमै सेवा दिने उदेश्यले अस्पीटल खोखिएको हस्पीटल सञ्चालक समिति अध्यक्ष गोपाल पोखरेलले बताए ।मन्त्री श्रम रोजगार तथा सामाजिक बिकास मन्त्री गोकर्ण बिष्टले बुधवार नै मुसिकोट ७ पर्ने लम्बिीनी वामी हस्पीटलकोको उद्घाटन गरेका हुन् ।
हस्पीटलको उद्घाटन गर्दै मन्त्री बिष्टले सरकारले पनि एक गाउँपालिका २५ शैया र १ नगरपालिका ५० शैयाको अस्पतालको निति रहेकाले यो हस्पीटलले पनि यस क्षेत्रमा ठुलो महयोग गर्ने बताए । उनले बिरामी पर्दा सानो समस्याको पनि उपचानर नपाउँदा पाल्पा बुटवल लैजाने क्रममा कतिपयको ज्यान समेत जाने गरेकाले अब त्यसको अत्यको लागि हस्पीटले महत्वपूर्ण भूमिका खेल्ने बताए । अस्पटीलको सुभारम्ब भएको पहिलो दिन स्थानिय ९२ वर्षिय लालचन श्रेष्ठको उपचार गर्दै सुभारम्ब भएको थियो ।
पहिलो चरण हस्पीटलमा एक जना बिशषज्ञ डक्टर सहित बिभिन्न ल्याव सेवा सहित सुभारम्ब गरिएको अस्पतालले जनाएको छ । बिरामीको चाप अनुसार डक्टर र सेवालाई समेत थप गरेर अगाडी वढिने अध्यक्ष पोखरेलले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend