logo
  • आइतबार, असोज ११ २०८३

मालिका गाउँपालिका ६ अर्जेको आयोजनामा ४५ दिने बुटिक तालिम शुरु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल , गुल्मी  बैशाख ४ ।
मालिका गाउँपालिका ६ अर्जेको आयोजनामा ४५ दिने बुटिक तालिम शुरु भएको छ । महिलाहरुलाई सिप मार्फत आर्थिक रुपमा सवल र समृद्ध बनाउने उदेश्यले तालिमको आयोजना गरिएको हो ।
तालिममा वडा भित्रका २४ जना महिलाहरुको सहभागीता रहेको छ । तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष शोभाखर गिरीले तालिमलाई समय कटाउने थलो मात्रै नबनाउन सवै महिलाहरुलाई आग्रह गरे । उनले सीप र क्षमता मार्फत व्यक्ति स्वंम आर्थिक शसक्तीकरणसंग जोडिने भएकाले तालिमको अधिकतम सदुपयोग गर्न निर्देशन दिए ।
तालिममा प्रशिक्षक संगिता बिष्ट, पशुपति अर्याल, आशा बिष्ट र सावित्रा भण्डारीले ४५ दिनसम्म प्रशिक्षार्थीलाई बुटिक बनाउने विविध बिषयमा जानकारी गराउने छन् । तालिमको लागि वडा कार्यालयबाट एक लाख ५० हजार बिनियोजन भएको वडा सचिव गोकर्णराज पुरीले बताए । कार्यक्रम दिपिका बिष्टको अध्यक्षता तथा पुनकला अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

कृषी अभियान शुरु: गाउँको उत्पादन शहरसम्म

अर्जेले सोमबारबाट साविकका सवै वडामा कृषी अभियान शुरु गरेको छ । अभियान मार्फत कृषकहरुलाई संगठित गर्ने, उत्प्रेरण प्रदान गर्ने, कृषी सहकारी स्थापना गर्ने र सवारी साधनको समेत व्यावस्था गरि गाउँको उत्पादन शहर पु¥याउने योजनाका साथ अभियान संचालन भएको वडाअध्यक्ष शोभाखर गिरीले बताए । साथै कृषी विमा प्रति किसानहरुलाई अभिप्रेरित गर्ने गरि घोषणा पत्र समेत पारित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend