logo
  • आइतबार, असोज ११ २०८३

शुभकामना आदानप्रदान सहित ८० औ डबली सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

दीलिप पराजुली, दोहा ।
नयाँ बर्ष २०७५ सालको शुभाकामना आदानप्रदान गर्दै अनेसास नवोदितको ८० औ डबली सम्पन्न भएको छ ।
प्रवासमा रहेर पनि नेपाली भाषाको उत्थान गर्दै आएका यी सस्थाले हरेक महिनाको दोश्रो शुक्रबार आफ्नो नियमित डबली संचालन गर्दै आइरहेका छन । लामो समय देखी चलिआएको डबलीले अझै निरन्तरता पाउने बताउछन कवि तिर्थ संगम राई । नज्मा स्थित गोर्खा रेस्टुरेन्टको सभा हलमा सम्पन्न उक्त डबलीमा तीन दर्जन भन्दा बढी सर्जकले आफ्नो रचना वाचन गरेका थिए ।
चन्द्र ‘’धड्कन’’को गजलबाट शुरु भएको डबलीमा निस्चल आशु, मदन चौहान, सुमन सहयात्री, निलम निश्चल, ओम दाहाल, नारायण निर्जल भण्डारी, चक्र कार्की , लिलानाथ घिमिरे, बिन्दा लामा,दीप प्रदीप,बुद्धराज, सन्तोष अधिकारी, ईश्वर राई, विजय फेम्बो, स्वतन्त्र नेपाल, दीप मिलन, बिनोद खड्का, अनिल परिबर्तन, मणि पौडेल, दीलिप पराजुली, तिर्थ संगम राई, प्रेम प्रसाद भट्टराई र लेख कार्कीले गजल, कविता र गीत सुनाएका थिए ।
कार्यक्रममा म्याग्दी प्रवासी सेवा समाज कतारका अध्यक्ष रमेश पौडेललाई बिशिस्ट श्रोताको रुपमा राखिएको थियो । कार्यक्रममा नयाँ बर्षको शुभकामना समेत आदानप्रदान गर्दै गजल तथा कविताबाट देशप्रेम, प्रदेशको पिडा र मुग्लानको आत्मियता झल्किने आवाजमा आफ्नो दमदार प्रसतुती दिएको पाहिन्थ्यो । करिब तीन घण्टा चलेको उक्त कार्यक्रममा बिभिन्न पुर्व बिशिस्ट श्रोताको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा बोल्दै बिशिस्ट श्रोता पौडेलले डबली दोहाको इतिहासमा लामो समय सम्म चलेको साहित्यिक सस्थाले आउने दिनहरुमा अझै प्रगति गर्दै जानेमा बिस्वस्त दिलाए । आफु साहित्यलाई माया गर्ने मानिस भएकोले पनि आउने दिनहरुमा समय मिलेसम्म डबली नछुटाउने बताए । आफुले रचना गरेका केहि कविता वाचन गर्दै नयाँ वर्षको शुभकामना सहित कार्यक्रमको समापन गरेका थिए ।
कार्यक्रमलाई एकदम साहित्यिक माहोलमा तिलु शर्मा पौडेलले संचालन गरेका थिए । डबलीमा नबोदित साहित्यिक वाचनालयका अध्यक्ष लेख कार्कीलाई मोना कतारले सम्मान तथा पुरुस्कार समेत प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend