logo
  • आइतबार, असोज ११ २०८३

सुशासन अभियान गुल्मी द्वारा छलफल कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अन्जन अधिकारी , गुल्मी  वैशाख १ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आबद्ध  सुशासन अभियान गुल्मी मार्फत सञ्चालित वातावरण वित्त सुशासन कार्यक्रम अन्तर्गत अनुसन्धान प्रतिवेदन छलफल कार्यक्रम सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमा अनुसन्धानकर्ता दिपक पाण्डेयले नेपाल  पछि संरक्षण संस्था र हरियो वन नेपालले गरेका कार्यक्रमहरु तथा वित्तिय सुशासनको अध्ययन गरि प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त प्रतिवेदन माथि छलफलमा उठेका प्रश्नहरुको समेत अनुसन्धानकर्ताले  स्पष्टीकरण  दिनुभएको थियो ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ गुल्मीका अध्यक्ष विष्णु भण्डारी, उद्योग वाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष्ँ श्रीप्रसाद भलामी,रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द भुसाल, नगर विकास तथा वातावरण संरक्षण संस्थाका अध्यक्ष राम्रसाद पन्थी, जिल्ला वन कार्यलयका प्रतिनिधि नविन पन्थी लगाएत विभिन्न सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, पत्रकार तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिको तर्फबाट सामाजिक अभियान्ता तथा मानव अधिकारकर्मी गणेश श्रेष्ठ,रेसुङ्गा संरक्षण समितका अध्यक्ष सुरेश चन्द« भुसालले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमा सस्थाका सल्लाहकार गुणनिधि शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालन संस्थाका सह–सचिव विनोद पाण्डेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend