साझा नेटवर्क
हुमाकान्त पोखरेल , गुल्मी चैत २७ ।
पूर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिहंले काङ्ग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेको बताए ।
प्रेस युनियन गुल्मीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । अहिलेकै नेतृत्वले पार्टीलाई गति प्रदान गर्न नसक्ने भएकोले आफूहरु सुधार्न लागिपरेको बताएका छन् । तर निर्वाचन प्रक्रियामा गइसकेपछि विजयी भएको नेतृत्वलाई भने कसैले विरोध गर्न नमिल्ने भएकोले पनि पार्टीको अवस्था झन् लथालिङ्ग भएको उनको भनाई छ ।
अर्को प्रसंगमा उनले नेपाली काङ्ग्रेसले लिएको आर्थिक समृद्धिको बाटोबाट अहिलेको सरकार पछाडि हट्न खोजेको र त्यसले देशलाई ठूलो दुर्घटनामा फसाउने समेत बताए । ‘नेपाली सरकारको पालमा लिइएको आर्थिक नीतिका कारण देशको अर्थतन्त्रको अवस्था समेत राम्रो भएको थियो । तर , अहिलेको सरकार र अर्थमन्त्रीले त्यसलाई पाखा लगाउनुभएको छ ।
’ उनले भने, ‘त्यसले देशलाई फाइदा गर्दैन ।’ नेता सिहंंले नेपाली काङ्ग्रेले देशमा परिवर्तन चाहेकोले सरकारले गरेको राम्रो कामको समर्थन गर्ने र नराम्रो कामको रचनात्मक ढङ्गले सुझाव दिई देश निर्माणमा जुट्ने समेत प्रतिबद्धता ब्यक्त गरे । त्यस्तै उनले अहिले प्रधानमन्त्र केपी शर्मा ओलिको भारत भ्रमण निरन्तरता बाहेक अरु केहि नभएको बताएका छन्
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend