logo
  • आइतबार, असोज ११ २०८३

पिपलधारा चौतारी सम्पर्क समितिको अध्यक्षमा गौतम


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हिम शिखर , गुल्मी  चैत्र २७ ।
धुर्कोट गाँउपालिका २ पिपलधारा का वैदेशिक रोजगारीमा रहेका यूवाहरु  द्वारा संचालित विगत चार वर्षदेखी अनवरतरुपमा सामाजिक कार्य गर्दै आएको विशुद्ध सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मी ले आफ्ना मुलकार्य समिति लगायतका विभिन्न उपसमिति समेत पुर्नगठन गरेको छ ।

संस्थापक अध्यक्ष बावुराम थापा, पुर्व अध्यक्ष कमल जि.सी र निवर्तमान अध्यक्ष कृष्ण प्रसाद खनाल को सफल कार्यकाल पश्चात नव गठित अध्यक्ष टोप बहादुर गौतमको अध्यक्षता मा केन्द्रिय समिति र विभिन्न उपसमितिहरु गठन गरेको छ । केन्द्रीय समति र विभिन्न उपसमिति मा तपसिल बमोजिम का पदाधिकारीहरु रहेका छन् ।

केन्द्रीय समिति 

अध्यक्ष– श्री टोप बहादुर गौतम उपाध्यक्ष– श्री रामप्रसाद घिमिरे महासचिव– श्री अमृत कुमार खड्का सचिव श्री मेहर सिंह बस्नेत सहसचिव– श्री सालिकराम विश्वकर्मा कोषाध्यक्ष– श्री रमेश खड्का सहकोषाध्यक्ष– श्री प्रदिप खड्का शिक्षा तथा स्वास्थ्य संयोजक– श्री कमल बस्नेत संगठन विस्तार संयोजक– श्री लक्ष्मण जि.सी सुचना तथा सञ्चार संयोजक –श्री विक्रम के.सी
खेलकुद संयोजक –श्री ज्ञान बहादुर जि.सी सांस्कृति संयोजक श्री कृष्ण खड्का मलेसिया संयोजक– श्री मोहन खड्का भारत संयोजक– श्री प्रेम सागर दुबई संयोजक– श्री युवराज खड्का गल्फ संयोजक– श्री केशवराज घिमिरे स्थानिय संयोजक– श्री हिम शिखर रसाईली
सदस्यहरु –श्री प्रेम खनाल , श्री नवीन महत , श्री सुर्यबहादुर थापा , श्री प्रितम खड्का सामुहिक उपसमिति  अध्यक्ष –श्री नारायण थापा उपाध्यक्ष– श्री अर्जुन खड्का सचिव– श्री राजेन्द्र गौतम सहसचिव– श्री प्रेम सागर कोषाध्यक्ष– श्री चन्द्र थापा सदस्यहरु  श्री ज्ञानेन्द्र कार्की , हाल यूएई श्री लक्ष्मण परियार हाल कतार श्री सुरज परियार हाल मलेशिया श्री सुनिल परियार हाल कतार श्री बिक्रम कुवँर हाल युएई् श्री कमल खत्री हाल युएई

भारत उपसमितिः

अध्यक्ष– श्री बाबुराम खड्का उपाध्यक्ष– श्री नारायण खनाल सचिव– श्री कृष्ण बस्नेत सहसचिव– श्री लालु जि.सी कोषाध्यक्ष– श्री कृष्ण जि.सी सदस्यहरुः– श्री उमेश केसी , श्री जनार्दन खनाल, श्री प्रदिप खड्का, श्री सुमन खनाल, श्री हेमराज खनाल, श्री अर्जुन खनाल, श्री मनिराम बञ्जाडे रहेका छन् ।

स्मरणरहोस् पिपलधारा चौतारी सम्पर्क समिति विश्वसञ्जाल गुल्मी ले वडाको चौतर्फी विकास को लागी थुप्रै उल्लेखनीय योगदान दिंदै आएको छ जसमध्ये साविकका गाविसवासीहरु को समस्या लाई मध्यनजर गर्दै दुईवर्ष अगाडि स्वास्थ्यचौकी लाई एम्बुलेन्स् हस्तान्तरण गरेको थियो भने विभिन्न जनचेतनामूलक होर्डिङ्ग बोर्ड विभिन्न चोक तथा सिमानाहरु मा लगाएको थियो ।

साथै गत वर्ष वडाको बजारक्षेत्र मा मन्च तथा संस्थाको कार्यलय निमार्णकार्य सम्पन्न गरेको थियो । उक्त संस्थाले थुप्रै विपन्न र असाहय हरुलाई आर्थिक सहयोग गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend