logo
  • शनिबार, असोज १० २०८३

प्रदेश ४ मा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्न सरकारलाई ध्यानाकर्षण


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का, बागलुङ चैत २६ ।
प्रदेश न .४ मा बिकाश निर्माणमा देखिएकाे ढिलासुस्ती ,अनियमित, महगी लगाएका बिषयका बारेमा प्रदेश सांसद चन्द्र बहादुर बुढा सागरले सरकारलाई ध्यानाकर्षण गराएका छन ।

साेमबार दिउँसो प्रदेस सभाको बैठकमा बिशेष समय लिएर सांसद बुढाले सभामुख मार्फत प्रदेश न ४ का साझा समस्याहरु र त्यसकाे निराकरणका बारेमा सरकार समक्ष ध्यानाकर्षण गराएका हुन ।

बुढाले बाेल्ने; क्रममा प्रदेश सासदको साझा सङ्कल्प र प्रतिबद्धता भनेको समृद्धि र सुशासन युक्त प्रदेस भएकाले, हामिले कस्तो नीति बनाउछौ हाम्रो कार्यशैली र कार्यसम्पादन क्षमता कस्तो रहन्छ भन्ने बिषयमा चिन्तन गर्नु पर्ने बताएका छन ।

सांसदहरुकाे बैठकमा उनले भने हामी जनउत्तरदायी र पारदर्शी हुनसक्छौ कि सक्दैनौ त्यसले धेरै कुराहरुले प्रभाव पार्ने बताएका छन । बुढाले भने जनताको माझमा कैयौं प्रश्न उठेका छन् त्यसकाे निराकरण गर्ने हरेक ठाउँबाट प्रयास गर्नुपर्दछ ।

बिकाशका पुर्वाधार निर्माणमा देखियको ढिलासुस्ती, अनिमियता , सार्वजनिक यातायातमा देखियको भाडा दरमा मनपरी सबैकाे पहुचमा शिक्षा /स्वास्थ्यमा, महगी, स्थानिय तहमा देखियको वेथिती, सस्थागत भ्रष्टाचार, प्राकृतिक श्रोत साधन माथिको दाेहन, कर्मचारीको अभाव आदि बिषयमा तत्काल हल गर्न प्रदेश सरकार समक्ष बुढाले ध्यानाकर्षण गराएका छन ।

प्रदेश सांसद बुढाले गते चैत २४ बडिगाड गाउपालिका वडा -६ घ्वाङमा मा चट्याङबाट; गम्भीर घाइते भएका गंगा थापा, सविना थापा र भुमि सिँजाली र गल्कोट नगरपालिका- ७ मल्ममा आगो बाट घाइते भएका खम बहादुर मरासिनीकाे उपचारका लागि सहयोग गर्न समेत सरकार सगँ माग गरेका छन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend