साझा नेटवर्क
साझा नेटवर्क , गुल्मी चैत २५ ।
सामुदायिक रेडियो विहानी ८९ मेघाहर्जको ७ दिने आधारभुत पत्रकारिता तथा रेडियो उद्घोषण तालिमको विहिवार बरेङ गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले मैन बत्ती बालेर उद्घाटन गर्नुभएको छ ।
तालिमको उद्घाटन गर्दै उपाध्यक्ष पुनले रेडियो विहानीले ग्रामीण भेगमा पत्रकारीताको विकासको लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै रेडियोको थप प्रगतिको शुभकामना दिनुभयो ।
उद्घाटन सत्रको अध्यक्षता गर्दै रेडियो विहानीका संयोजक लेखान्त पुनले पत्रकारीता मार्फत समाज सेवाको क्षेत्रमा केहि गर्ने दृढ इच्छा भएका क्षमतावान प्रतिभालाई रेडियो विहानीले अवसर दिने र सदैव स्वागत गर्ने बताउनु भयो ।
२२ देखि सुरु भएको तालिम २८ गते सम्म सञ्चालन हुने रेडियो विहानीका स्टेशन कोर्डिनेटर प्रकाश छन्तेलले जानकारी दिनुभयो । तालिममा पत्रकारिताका आधारभुत सिद्धान्त, समाचार लेखन उत्पादन तथा सम्पादन, कार्यक्रम उत्पादन, रिपोर्ट लेखन, विज्ञापन उत्पादन, अन्तरवार्ता, प्रत्यक्ष प्रसारण, साहित्य सकारात्मक सोंच विकास लगाएतका विषयहरुमा प्रशिक्षण दिइने आयोजकले जानकारी दिएको छ ।
तालिममा वरेङ गाउँपालिकाका धुल्लुबाँस्कोट, हुग्दिशिर, बाटाकाचौर र कालीगण्डकी गाउँपालिकाका भुर्तुङ, खड्गकोटका प्रशिक्षार्थीहरु सहभागी भएका छन् । प्रशिक्षार्थीको संख्या तालिमको दोस्रो दिन अझै बढ्ने रेडियोका बजार प्रमुख हिरा पुनले जानकारी दिनुभयो ।
रेडियो विहानीले आफ्ना शेयर सदस्य तथा सञ्चालक संस्था विहानी बहुउद्देश्यीय सहकारीका शेयर धनी वा तिनका छोराछोरीलाई तालिम शुल्कमा क्रमश ५० प्रतिशत र २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । तर, पत्रकारीताको क्षेत्रमा योगदान गर्न चाहने तालिम शुल्कको कारणले तालिम लिन नसक्नेहरुलाई विशेष व्यवस्था गर्ने आयोजकले जनाएको छ । विहीवार भएको उद्घाटन कार्यक्रम संयोजक लेखान्त पुनको अध्यक्षता, दिपेन्द्र परिवारको सञ्चालन र बजार प्रमुख हिरा पुनको स्वागतमा सम्पन्न भएको थियो ।
कार्यक्रममा तालिमका प्रशिक्षक, बागलुङ एफ एमका सम्पादक प्रदिप पन्त, सर्वोदय क्याम्पसकी प्रमुख फूलकुमारी शर्मा, सामुदायिक रेडियो प्रसारक संघका ४ नम्बर प्रदेश सदस्य तथा रेडियो विहानी स्टेशन कोर्डिनेटर प्रकाश छन्तेलले तालिम सफलताको शुभकामना दिनुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend