साझा नेटवर्क
कमल पौडेल , बागलुङ चैत २५ ।
मृगौला रोगवाट पिडित राष्ट्रिय सभा सदस्य शान्ति कुमारी अधिकारी जिसिको मृगौला प्रत्यारोपणको लागि बेलायतमा वस्ने नेपालीहरुले सहयोग गरेका छन्।
शनिवार काठमाडौंमा भएको एक कार्यक्रम उनिहरुले १४ लाख ७७ हजार रुपैयाको चेक पिडित अधिकारीलाई हस्तान्तरण गरेका हुन्। क्षेत्रि समाज वेलायत, बागलुङे समाज बेलायत, शारदा कुँवर, प्रतिमा केसि, लक्ष्मी वस्नेत लगाएत वेलायत बासी नेपालीहरुको तर्फवाट संयुक्त रुपमा सो रकम हस्तान्तरण गरिएको हो।
बागलुङ जिल्लाको वडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर निवासी अधिकारी साढे २ वर्ष देखि मृगौला रोगवाट पिडित हुनुभएको थियो। निरन्तर राजनिति र महिला आन्दोलनमा लाग्नुभएकि अधिकारीको मृगौला प्रत्यारोपणको प्रक्रिया विर अस्पताल काठमाडौंमा चलिरहेको छ।

अधिकारीका श्रीमान गोविन्द अधिकारीले मृगौला दान गर्ने र सो प्रत्यारोपणको लागी झण्डै २० लाख भन्दा वढि लाग्ने भएपछि सहयोगको लागी अधिकारी जिसिले अहयोगको अपिल गर्नुभएको थियो। पिडित शान्ति अधिकारी जिसिले सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ।
कार्यक्रममा सहयोग दाताको तर्फवाट क्षेत्रि समाज वेलायतका प्रतिनिधि एवं आजिवन सदस्य धन वहादुर क्षेत्री, बागलुङे समाज वेलायतका नरसिंह छन्त्याल एवं प्रेमकुमारी छन्त्यालले सो चेक हस्तान्तरण गर्नुभएको थियो।
चेक हस्तान्तरण गर्दै दाताहरुले अधिकारी जिसिको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो। कार्यक्रमको संचालन एल.वि. कुँवरले गर्नुभएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend